arrow

फेला परेका अवैध हातहतियार सार्वजनिक

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ पुष २९ आइतबार
pakrau-hatiyar.png

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले विशेष सुचनाका आधारमा फेला परेका अवैध हातहतियार सार्वजनिक गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय तम्घासमा पत्रकार सम्मेलन गरि अवैध रुपमा भरुवा बन्दुक बनाउनका लागि प्रयोग गरिने सम्पूर्ण सामग्रीहरु सार्वजनिक गरेको छ ।

गत पौष १९ गते जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ७ मा बस्ने कृष्ण घर्तिको घरमा भरुवा बन्दुक फेला पारेको हो । प्रहरी चौकी धुर्कोट बस्तुबाट प्रहरी साहयक निरिक्षकको कमाण्डमा खटी गएको  टोलीले घरमा खोज तलासी गर्दा १ नाल भरुवा बन्दुक फेला पारेको हो ।

कानुन बमोजिम अनुसन्धान गर्दै जाँदा सहि गाउँपालिका वडा नं. ३ हाडहाडे बस्ने वर्ष ५१ का शेरबहादुर जिसीको हातहतियार तथा खरखजना छ भन्ने अनुसन्धानबाट खुल्न आएपछि प्रहरी कार्यालय गुल्मीले गत पौष २७ गते ईलाका प्रहरी कार्यालय पुर्कोटदहलाई खोज तलासका लागि निर्देशन दिएको थियो ।

प्रहरी निरिक्षकको कमाण्डमा खटी गएको प्रहरी टोलीले घरमा गएर खोज तालासी गर्दा एकनाले भरुवा बन्दुक नाल ४, टोय एर गन मेड इन कोलकत्ता लेखेको १ थान , २२ र २६ ईन्च लामो बन्दुकको नाल २ थान, छर्रा बनाउन प्रयोग हुने १९ ईन्च लामो रड ६ पिड, ६ देखि ८ ईन्च लम्बाईका रड ६ पिस, बारुद आधा किलो बरामद गरेको हो । त्यस्तै पटका सानो, ठुलो गरि ५ प्याकेट, बन्दुकको केप १, बन्दुकको टेगर १, कटिङ्ग पेलेट १, सटगनको खोका १, टाटा र सुनेरा कम्पनिको ब्याट्री २ थान, बनाउँदा प्रयोग गरिने युरिया आधा किलो र आरन पङ्खा १ थान बरामद गरेको छ ।

बरामद गरिएको हातहतियार अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ