arrow

चौधरी फाउण्डेसनको पहलमा ५ सय जनालाई कृतिम खुट्टा बाँड्दै

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
chaudhary5.jpg

काठमाडौं । चौधरी फाउण्डेसनले सामाजिक उत्तरदायित्व अन्तर्गत भारतीय दूतावासको समन्वय तथा भारतको भगवान महावीर विकलाङ्ग सहायता समिति जयपुरको सहयोगमा अपांगता भएका विभिन्न व्यक्तिहरुलाई कृतिम खुट्टा प्रदान गरेको छ ।

आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा चौधरी फाउण्डेसनले काठमाडौं तथा नवलपुर जिल्लामा रहेका ५ सय जना अपांगता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा प्रदान गर्न लागेको जनाएको छ । भारतीय राजदूतावासद्वारा काठमाडौं तथा नवलपरासीमा जयपुर फुट आर्टिफिसियल लिम्ब फिटनेस क्याम्प सञ्चालन गरिरहेको छ ।

Image may contain: 1 person, child

यो क्याम्पमा आइतबारसम्म कूल १ सय ५१ जनाले निशुल्क कृतिम खुट्टा लिएको चौधरी फाउन्डेसनले जनाएको छ । महात्मा गान्धीको १५०औं जन्म जयन्तीको क्रममा भारतीय राजदूतावास काठमाडौंले २०७५ पौष २९ गते देखि काठमाडौं तथा नवलपरासीमा यो क्याम्प सुरु गरेको हो । भगवान महावीर विकलाङ्ग सहायता समिति जयपुर भारत तथा चौधरी फाउण्डेसन नेपालको सहकार्यमा भारत सरकार परराष्ट्र मन्त्रालयको भारतीय प्राविधिक तथा आर्थिक साझेदारी कार्यक्रम अन्तर्गत उक्त शिविर आयोजना भएको आयोजक फाउण्डेसनले जनाएको छ ।

आइतबारको सो कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरी र चौधरी फाउण्डेसनका प्रमुख विनोद चौधरीले काठमाडौं स्थित नर्भिक अस्पतालमा शिविरको स‌ंयुक्त रुपमा उद्घाटन गरेका छन‍् । उद्घाटन समारोहमा भगवान महावीर विकलाङ्ग सहायता समिति जयपुर भारतका संस्थापक तथा संरक्षक प्रमुख डी.आर. मेहता तथा चौधरी फाउण्डेसन नेपालका अध्यक्ष एवं सांसद विनोद चौधरी लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । उनीहरुले हातखुट्टा नभएका व्यक्तिहरुलाई कृत्रिम 'जयपुर फुट' प्रदान गरे। दोस्रो शिविर नवलपरासीको गैंडाकोट स्थित सहज सामुदायिक अस्पतालमा आयोजना गरिने बतार्इएको छ । सो शिविरमा अपाङ्गता भएका कूल ५०० जनालाई कृत्रिम हातखुट्टा निःशुल्क रुपमा प्रदान गर्ने लक्ष्य लिर्इएको छ ।

Image may contain: 1 person, indoor

महात्मा गान्धीको १५०औं जन्म जयन्ती मनाइरहेको अवस्थामा महात्मा गान्धीको मानवता प्रतिको सेवा सम्मान स्वरुप भारत सरकार परराष्ट्र मन्त्रालयले ‘मानवताका लागि भारत’ अभियानको सुरुवात गरेको नेपालका लागि भारतीय राजदूत पूरीले जानकारी दिए । यस कार्यक्रमले भगवान महावीर विकलाङ्ग सहायता समितिस‌ँगको सहकार्यमा विश्वव्यापी रुपमा सञ्चालन गरिने आर्टिफिसियल लिम्ब फिटनेस क्याम्पमार्फ़त गान्धीको स्नेह, सहयोग तथा सेवाको दर्शनलाई केन्द्रीत गर्ने पुरीको विश्वास छ ।

सन् १९७५ मा स्थापित तथा ’जयपुर फुट’ नामले परिचित भगवान महावीर विकलाङ्ग सहायता समिति कृत्रिम हातखुट्टा सामग्री उत्पादन गर्ने विश्वको ठूलो संस्था रहेको स‌ंस्थाको दाबी छ । जसले हालको मितिसम्म भारत तथा विश्वभर १७ लाख ३० हजार विकलाङ्गहरुलाई सेवा प्रदान गरिसकेको स‌ंस्थाले दाबी गरेको छ । जयपुर फुट विश्वमा सबैभन्दा बढी प्रयोग हुने कित्रिम अंग हो । यस संस्थाले अमेरिकी स्टानफोर्ड विश्वविद्यालयसँग मिलेर जयपुर नी को विकास गरेको छ जसलाई ‘टाइम्स’ पत्रिकाले २००९ को ५० उत्कृष्ट आविष्कारमा सूचीकृत गरेको छ ।

Image may contain: 7 people, people standing

Image may contain: 4 people, people smiling, people sitting

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ