arrow

उफ् उपत्यकाको मौसम घटेको घट्यै, कहाँ कस्तो अवस्था ? 

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
weather.jpg

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम फेरि घटेको छ । मौसम घट्दा चिसो एकाएक बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहानको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । 

बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । पौने छ बजे पोखराको ७.२, धनकुटाको ७.८, विराटनगरको ५.२ डिग्री सेल्सियस रह्यो । 

पश्चिमी वायुको प्रभावले बदली भएका कारण गएको साता तापक्रममा निकै उतारचढाव आएको थियो । यसवर्ष अहिलेसम्म काठमाडौं उपत्यकामा सबैभन्दा कम न्यूनतम तापक्रम ०‍.५ डिग्री सेल्सियसम्म पुगेको थियो । 

सोमबार उपत्यकासहित मुलुकका धेरै स्थानमा मौसम सामान्यतया सफा हुने मौसमविद् मञ्जु बासीको भनाइ छ । हिमाली भेगमा राति हल्का हिमपातको सम्भावना छ । यस्तै पश्चिम पहाडी भेगमा आशिक बदली हुने सम्भावना छ ।  

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान 
पुस ३०  गते सोमबार 
दिउँसोः देशको पहाडी भुभागमा आंशिक बदली रहने, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।
रातिः देशभर मौसम सामान्यतया सफा रहने सम्भावना छ ।  

माघ ०१ गते मंगलबार
दिउँसोः देशको पश्चिमी भुभाग तथा पूर्व र मध्यका पहाडी भुभागमा आंशिक बदली रहने छ । बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।
रातिः देशको पश्चिमी भुभागमा आंशिकदेखि सामान्य बदली तथा पूर्व र मध्यका पहाडी भुभागमा आंशिक बदली रहने छ । बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

माघ ०२ गते बुधबार
दिउँसोः देशको पश्चिमी भुभागमा आंशिकदेखि सामान्य बदली तथा पूर्व र मध्यका पहाडी भुभागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।
रातिः देशको पश्चिमी भुभागमा आंशिकदेखि सामान्य बदली तथा पूर्व र मध्यका पहाडी भुभागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको संभावना छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ