arrow

डा केसीलाई भेट्न रोक, स्वास्थ्य थप जटिल, अस्पताल भर्ना 

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
dr-kc.jpg

इलाम । सत्याग्रही प्राडा गोविन्द केसीको स्वास्थ्य थप जटिल बन्दै गएको छ । चिकित्सा शिक्षा सुधारको माग राखेर ६ दिनदेखि इलाममा १६ औं सत्याग्रहमा रहेका केसीको छातीमा संक्रमण देखिएको छ । उनलाई रुघाखोकी, छाती दुख्ने, रगतमा ग्लुकोजको मात्रा घटेको, मुटुको चाल लगायतमा समस्या आएको चिकित्सकहरुले बताएका छन् ।

आइतबार बेलुका गरिएको स्वास्थ्य परीक्षणमा मुटुको चालमा गडबडी, स्वासप्रश्वासमा समस्या देखिएको छ । उनलाई जिल्ल अस्पताल लगिएको छ । इलामका वरिष्ठ पत्रकार धर्म गौतमले आइतबार बेलुका चिकित्सकहरुले परीक्षण गरेपछि सोही रात लैजान नसकिएकाले सोमबार बिहान मात्र अस्पताल लैजान सम्भव भएको बताए । डा केसीलाई अनसनको दोस्रो रातदेखि नै मुटुमा समस्या देखिएको थियो । 

डा केसीका सहयोगी डा भिषेकराज सिंहका अनुसार स्वास्थ्य अवस्था अत्यन्तै जटिल देखिएको छ । सबैको आग्रह पछि उनी अस्पताल जान तयार भएकोे बुझिएको छ । यसपटक चिसोले गर्दा उनको स्वास्थ्यमा छिट्टै असर गरेको चिकित्सकहरुको भनाइ छ । 

स्वास्थ्यमा जटिल समस्या देखिन थालेपछि नजिकबाट भेटघाट गर्ने काम बन्द गरिएको छ । उनलाई टाढाबाटमात्रै देख्न सकिने चिकित्सकहरुले बताएका छन् । 
१५ औं चरणको अनसनका क्रममा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सहमति पालना नगरेपछि १६ औं चरणको अनसनमा बस्न उनी वाध्य भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ