arrow

कोकमा रक्सी मिसाएर खुवाई किशोरीमाथि सामूहिक करणी

चौकीले उजुरी दर्ता गरेन, जिल्ला प्रहरी कार्यालयमै पुग्नुपर्याे, यस्तो छ घटना

logo
युबराज रेग्मी, 
प्रकाशित २०७५ पुष ३० सोमबार
Child-rape.jpg.jpeg

झापा । पेयपदार्थ कोकमा रक्सी मिसाएर दुई जना युवकले झापा भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ।
 
घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । एकजना अझै फरार रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ४ फागुचोक निवासी ३२ वर्षीय घरबहादुर लिम्बू रहेको डिएसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार घटनामा संलग्न सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी भने  फरार रहेका छन् । 

राजवंशी भारततर्फ फरार भएकाले उनको खोजी कार्य तिव्र बनाइएको डिएसपी श्रेष्ठले बताए । 

यस्तो छ घटना–
प्रहरीले दिएको जानकारीअनुसार गत पुस २२ गते आइतबार आपसी चिनजानको आधारमा दुईजना किशोरीलाई ती दुई युवकले कोक खान आग्रह गरेका थिए । 

किशोरीद्वय उनीहरुको कुरा स्वीकार गरी कोक खाएका थिए । तर ती दुई युवकले कोकको बोतलमा रक्सी मिसाएको उनीहरुले थाहा पत्तोसमेत पाएनन । 
केही समयपछि रक्सीले लठ्ठ परेपछि ती दुई किशोरीमध्ये १५ बर्षीया एक किशोरीलाई नजिकैको जंगलमा लगेर युवकद्धयले सामूहिक बलात्कार गरेका थिए । 

रक्सीले लठ्ठ परेकी ती किशोरीलाई आफु बलात्कार भएको थाहा समेत भएन । साँझ परेपछि दुवै किशोरीहरु घर नफर्किएपछि उनीहरुको खोजी कार्य  तिब्र पारिएको थियो । 

बलात्कार हुनबाट जोगिएकी अर्की किशोरीले परिवारजनलाई सबै घटनाबारे जानकारी गराएपछि मात्र बलात्कार भएको घटना बाहिर  सार्वजनिक भएको थियो।

किशोरी बलात्कारमा परेको घटना थाहा पाएपछि उनका परिवारजनले महेशपुर प्रहरी चौकीमा जानकारी गराएका थिए। प्रहरी चौकीमा मुद्दा दर्ता नहुने भएपछि परिवारजनले पुस २७ गते प्रहरी कार्यालय झापामा किटानी जाहेरी जाहेरी समेत दिएका छन् । 

सोही जाहेरीको आधारमा प्रहरीको  विशेष सुराकीबाट लिम्बूलाई पुस २८ गते भद्रपुर २ स्थित डिगाउँबाट पक्राउ गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ