arrow

प्रचण्ड भन्छन्  – पहिले क्रान्ति अब मुलुक समृद्ध बनाउन नेतृत्व

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
prachanda-deshbhakta.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १० वर्ष मुलुकलाई समृद्धि बनाउने अभियानको नेतृत्व आफूले गर्ने बताएका छन् ।

देशभक्त गणतान्त्रिक मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक १० वर्षमा मुलुकमा ठूलाठूला परिवर्तन भएको बताउँदै आर्थिक समृद्धिको नेतृत्व आफूले गर्ने बताए ।

उनले भने, ‘पहिले १० वर्ष अधिकारका लागि लडियो अब समृद्धिका लागि लड्ने हो ।’ ‘आफ्नो र देशको जीवनमा हरेक १० वर्षमा ठूलाठूला परिवर्तन भएको छ, अबको १० वर्ष देशको समृद्धि र जनताको जीवनमा सकारात्मक आर्थिक परिवर्तन ल्याउनका लागि उपयोग गर्ने गर्नेछु,’ प्रचण्डले भने, ‘म आफ्नो कर्मले गर्दा मधेस, पहाड, हिमालसहितका समुदायले मलाई विश्वास गर्ने आधार छ, मैले ऋण चुक्ता गर्ने समृद्धिको यात्रामा समाहित भएर नै हो ।’

आफूले जनयुद्धको नेतृत्व गरेको, संविधान निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उनले समृद्धिको महाअभियानलाई सफल बनाउन आगामी १० वर्ष नेतृत्व गर्न चाहेको पनि स्पष्ट पारे ।

प्रचण्डले अझै १० वर्ष सक्रिय राजनीति गर्न चाहेको सुनाए । 

सम्मानित 
उक्त कार्यक्रममा विभिन्न विधाका चार जना देशभक्त गणतान्त्रिक सम्मान–२०७५ बाट पुरस्कृत भएका थिए । 

वरिष्ठ विमानचालक विजय लामा, कलाकार दयाहाङ राई, नेपाल आयल निगमका प्रमुख सुरेन्द्र पौडेल र पत्रकार ऋषि धमला
लगायतसम्मानित भएका हुन् । 

उनीहरुलाई आफ्नो क्षेतमा उल्लेख्य योगदान दिएकाले सम्मान गरिएको उल्लेख छ । 

सेतो फरिया बिमोचन 
कार्यक्रममा बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ पनि विमोचन गरियो । पुस्तक विमोचन गर्दै प्रचण्डले मुलुक समृद्धि बनाउने अभियानको मुख्य जिम्मेवारी नेकपालाई जनताले दिएको बताउँदै जनता सर्वोपरि भएको सम्झाए । 

पुस्तकमा पछिल्लो राजनीतिक अवस्थादेखि महिला शसक्तीकरणका विषयलाई समेटेको बाबाको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ