arrow

वाइडबडी विमान खरिद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय ओली सरकारकै पालामा : देउवा

कांग्रेसले जनताको पक्षमा सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने

logo
सुनिल आउजी,
प्रकाशित २०७५ पुष ३० सोमबार
deuba-press-meet.jpg

धनगढी । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी अहिले एक ढिक्का भएर अघि बढेकाले जनताको पक्षमा सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताएका छन् । अहिले वर्तमान सरकार भ्रष्टाचार ,बलात्कार शान्ती सुरक्षा लगायत विभिन्न क्षेत्रमा जालझेलमा अल्झेलकाले सशक्त प्रतिपक्षको आवश्यकता देखिएकाले त्यो भुमिका कांग्रेसले निभाउने बताए ।

 सभापति देउवाले भने. 'देश निवार्चनमा होमिएको वेला मैले पहिले नै भनेको थिए देशमा अब अधिनायकबाद लागु हुनेछ भनेर तर अहिले बर्तमान सरकारका पछिल्ला समयमा गरेका काम कार्वाहरी व्यवहारले संकेत प्रष्ट हुन्छ की सरकारले अधिनायकबाद शैली देखाई रहेको छ । त्यसैले कांग्रेसले जनताका पक्षयमा सशक्त रुपमा प्रतिपक्षेको भुमिका निर्वाह गर्नेछ ।'

सोमवार नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलमा सभाति देउवाले दोहोराउदै भने, 'नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा मेरो कुनै संलग्न छैन ।  वाइडबडी विमान खरिद प्रक्रियाका सबै महत्वपुर्ण निर्णय तत्कालिन केपी ओली सरकारकै पालामा भएका थियो  ।'

पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले भने, '२०७२ साल असोज ३ गते प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकारको संचालक समतिको बैठकले वाइबडी खरिद गर्नका लागि सरकारले जमानी बस्ने बाहेक अन्य निर्णय नभएन ।  प्रचण्डको पालामा खरिदको वोलपत्र गरिएको थियो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ