arrow

प्रधानमन्त्री ओलीको गृहनगरमा कांग्रेसको बहुमत

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
kp-oli-presents-n.jpeg

दमक । काम भन्दा कुराको मात्र पुलिन्दा लगाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी केन्द्रदेखि स्थानीय तहसम्म आलोचित बनेको छ । ओलीको गृहनगरमा समेत अपमान भएको छ । उनको गृहनगरमा भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा नेपाली कांग्रेसको बहुमत आएको छ।

मतगणनामा नेकपा र राप्रपाको बलियो गठबन्धनलार्इ पछि पार्दै संघीय समाजवादी फोरम र संघीय लिम्बुवान मञ्चसँग गठबन्धन गरेको कांग्रेसले बहुमत ल्याएको महासमिति सदस्य सुरेश सुब्बाले जानकारी दिए। 

बहुमतसँगै कांग्रेसले खानेपानीमा अध्यक्ष पाउने निश्चित भएको छ। क्षेत्र नम्बर १ मा घनेन्द्र सुब्बा नेका, क्षेत्र नम्बर २ धनबहादुर भट्टराई नेका, क्षेत्र नम्बर ३ रोशन गौतम नेका, क्षेत्र ४ मा राम थापा राप्रपा, क्षेत्र ५ मा हरी न्यौपाने नेकपा, क्षेत्र नम्बर ६ मा हरी सुवेदी नेका, खुल्लातर्फ महिलाहरू नेका मीना कोइराला, नेकासँग गठबन्धन गरेको संघीय लिम्बुवान मञ्च विष्णुमाया भट्टराई, नेकपाकी सुमित्रा भण्डारी विजयी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ