arrow

अनशन बसेर शरिरलाई दुःख नदिनुहोस : अधिकारी

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
dr-kc.jpg

काठमाडौं । नेकपाका नेता खगराज अधिकारीले गोविन्द केसीका शतप्रतिशत माग पूरा भएको र अनशन बसेर शरिरलाई दुःख नदिन आग्‍रह गरेका छन्  ।  सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता अधिकारीले गोविन्द केसीले उठाएका सबै माग पूरा भएको पनि जिकिर गरेका हुन् ।

उनले भने,‘केसीले उठाएका शतप्रतिशत मागहरु पूरा भएका छन् । हामीले उहाँको सबै माग सम्बोधन गरेका छौं । उहाँले भनेकै मर्म र भावनाअनुसार विद्येयक आएको छ।’

 केसी अहिले अनशन बस्नुपर्ने कुनै कारण नभएको पनि उनले जिकिर गरे । उनले तत्काल अनशन स्थगित् गरेर वार्तामा आउनपनि केसीलाई आग्रह गरे । उनले भने,‘तपाईको भावनाविपरित विद्येयक छैन । शरिरलाई दुःख दिने काम नगर्नुहोस् ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ