arrow

ओलीसँग २५ मिनेट कुरा गरे मोदीले; भने नेपालको पीडामा आफू पनि दुखी!

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
805691129.jpeg
काठमाडौं। नेपालमा जारी तराई मधेश आन्दोलनका क्रममा एक भारतीय नागरिकको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्नुभएको छ। विहारको चुनावी प्रचारपछि फर्किएका मोदीले विहारसँगै जोडिएको विरगञ्ज मधेशी मोर्चाको प्रदर्शनका क्रममा एक भारतीय नागरिकको मृत्यु भएपछि नेपालका समकक्षी ओलीसँग टेलिफोनमा कुराकानी गर्नुभएको हो। ओलीले कुराकानी भएको कुरालाई ट्वीटर मार्फत सार्वजनिक गर्नुभएको छ। ओलीले भन्नुभएको छ, 'वार्ता सौहार्दपूर्ण भएको छ।'
 
करिब २५ मिनेट लामो वार्तामा हामीबीच दुई देशको सम्बन्धलाई अझै सुदृढ र विकसित बनाउने बारेमा छलफल भएको ओलीले जानकारी गराउनुभएको छ। दुई देशबीच अहिले देखिएका कतिपय समस्याहरुका बारेमा पनि छलफल भएको जानकरी गराउँदै प्रधानमन्त्री ओलीले समस्याको आपसी समझदारीबाट हल गर्न सकिने विषयमा पनि कुरा केन्द्रित रहेको बताउनुभएको छ।
 
नेपालमा अहिले देखिएको असहज आपूर्ति व्यबस्थाका सम्बन्धमा भारतका प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ। मोदीले नेपालको पीडासँग आफु जानकार रहेको र नेपालीको पिडा भारतको पनि पीडा भएको र नेपाललाई पीडा दिने आफनो कुनै मनसाय नरहेको बताउनुभएको ओलीले ट्वीट मार्फत सार्वजनिक गर्नुभएको छ। दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ गर्नुपर्नेमा जोड दिएको समेत उहाँले बताउनुभयो। ग्यास र पेट्रोलियम पदार्थ आपूर्तिमा भारतबाट कुनै समस्या नहुने र आफ्नो तर्फबाट समस्या समाधानमा पूरा साथ हुने धारणा मोदीले राख्नुभएको ओलीले जानकारी दिनुभयो।
 
नेपालमा भारत विरोधी भावना बढ्दै जाँदा भारतीय नागरिक सरकार विरोधी प्रदर्शनमा मारिएपछि भारत सरकारको भुमिकाबारे पनि अनेक टिप्पणी भइरहँदा मोदीले यो संवाद गरेका छन। पछिल्लो दिनमा छिमेकका एकपछि अर्को देशमा भारत असफल हुँदै गएर चीन हावी हुँदै गएको सन्देश भारतभर प्रसारित हुँद समेत मोदीले नेपालसँगको सम्वन्धलाई ठीक ठाउँमा ल्याउन दवावमा पर्दै आएका छन्। 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ