arrow

विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको भन्दै सर्वोच्चमा रिट

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
supreme-court-news.jpeg

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रायललाई विपक्षी बनाइ पूर्वप्राज्ञ नगेन सिंह र राजबिक्रम चन्दले संयुक्त रुपमा आज दायर गरेको रिट निवेदनमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको उल्लेख छ ।

रिटमा कानूनले किटान गरेको कानून र प्रक्रिया बमोजिम अर्को प्रक्रिया अवलम्बन गर्न र सोहीअनुसार सभा गठन गरी उपयुक्त व्यक्तिलाई नियुक्ति गर्न माग गरिएको हो । संविधानको मर्म र भावनाअनुसार समावेशी तरिकाले प्राज्ञ नियुक्ति गर्नसमेत रिट निवेदनमा माग गरिएको छ ।

सरकारले यही पुस १५ गते प्रतिष्ठानमा कुलपति कान्छाकुमार कर्माचार्य, उपकुलपति तथा सचिवमा गोपाल चित्रकार र विपिन घिमिरेलाई नियुक्त गरेको थियो । त्यसैगरी अन्य छ सदस्यमा रमेश खनाल, मिथिलादेवी यादव, लालकाजी लामा, बुद्धि गुरुङ, धर्मराज शाक्य र सुष्मा राजभण्डारीलाई नियुक्त गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ