arrow

माघ १ गते, दिन एक पर्वका नाम अनेक, कहाँ कसरी मनाइन्छ पर्व ?

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ माघ १ मंगलबार
maghi4.jpg

झापा। बहुआयामिक, बहुभाषिक र बहुसांस्कृतिक देश  नेपालमा माघ १ गतेको दिनलाई विशेषगरी मकर संक्रान्ति, माघे संक्रान्ति, माघी आदि विभिन्न नामले बिभिन्न भुभागमा हर्सोल्लासपुर्बक  मनाइने गरेको पाइन्छ । झापा जिल्लामा यस दिनलाई माघे संक्रान्तिको नामले मनाउने गरेको पाइन्छ।

जिल्लाको प्रसिद्धस्थल सतासी माइमा मकर नुहाउनेको घुइँचो लाग्ने गर्दछ साथै मकर नुहाउन जानेहरुलाई लक्षित गरेर माइधारमा भब्य मेला लाग्ने गर्दछ । साथै तरुल, तिल, सखर आदिको विभिन्न परिकार बनाएर खाने गरेको पाइन्छ।

यस पर्वलाई  दाङ जिल्लामा भने त्यहाँका थारु समुदायहरुले माघी महोत्सबको रुपमा केही दिनअघि देखिनै मनाउने गर्दछन् । उता गुल्मी जिल्लामा भने  जेठी सक्रान्ति र माइली सक्रान्तिको नामले दुई दिन छुट्टाछुट्टै ठाउँमा भब्य मेला लाग्ने गर्दछ।

तर  नुवाकोट जिल्लामा माघे संक्रान्ति पर्व फरक ढंगले मनाईदै आएको छ । माघे संक्रान्तिको अवसरमा जिल्लाको तारुका र वेत्रावतीमा गोरु जुधाएर मनोरञ्जन लिईदैछ। तारुकामा प्रत्येक वर्ष आएको गोरु जुधाउने मेला यस बर्स पनि भव्य रुपमा शुरु हुँदैछ। 

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सक्रान्ति भनिन्छ। माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ।

यसैले यस दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ