arrow

डा केसीको सत्याग्रहमा नेपथ्य ब्यान्डको ऐक्यवद्धता 

logo
प्रकाशित २०७५ माघ १ मंगलबार
drkc-amrit-gurung.jpg

काठमाडौं । इमालमा आमरण अनसनरत प्राडा गोविन्द केसीको सत्याग्रहमा नेपथ्य ब्यान्डले ऐक्यवद्धता जनाएको छ । नेपथ्यका अमृत गुरुङ सोमबार डा केसीलाई भेट्न अस्पताल पुगेका थिए । 

उनले ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘इलाममा डा केसीको दर्शन गरेर ऐक्यवद्धता प्रकट गरें । वहाँको मागको सुनवाइ गरेर अविलम्ब अनसन तोड्ने बातावरण निर्माण होस् ।’

उनले आइएमविथडीआरकेसी ह्यासट्यागसमेत गरेका छन् । फिदिम यात्राका क्रममा गुरुङ इलाम पुगेका हुन् । 

गत पुस २५ गतेदेखि इलाममा आवरण अनशनरत सत्याग्रही प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । त्योसंगै उनका समर्थकहरु पनि बढेका छन् । 

उनको आन्दोलनमा ऐक्यवद्धता जनाउनेहरुले काठमाडौंदेखि इलामसम्म नाराजुलुस बुझाउनेदेखि ज्ञापन पत्र बुझाउने काम गरिरहेका छन् । 

सरकारले भने अहिलेसम्म चासो राखेको छैन ।

नेपथ्यले बुधबार साँझ फिदिम उच्च माविको खेल मैदानमा कन्सर्ट गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ