arrow

३२५ वर्षदेखि इलामको माई र जोगमाई सङ्गममा माइबेनी मेला

logo
गोपाल अधिकारी,
प्रकाशित २०७५ माघ १ मंगलबार
maibeni.jpg

इलाम । इलामको माई र जोगमाई नदीको सङ्गमस्थल त्रिवेणीमा प्रत्येक वर्ष जस्तै माइबेनी मेला लागेको छ । वि.स १७५० सालदेखि लाग्न सुरु गरिएको माईबेनी मेला माघे सङ्क्रान्तिको अवसरमा लाग्दै आएको आयोजकले बताएका छन् । परम्परागत रुपमा माघ १ गते माई र जोगमाईको सङ्गमस्थलमा मकर नुहाएर त्यहाँको शिवालयको दर्शन गरेमा चिताएको  पुराहुने किम्मदन्ती रहेको पाइन्छ । मेलामा टाडावाट आउने भक्तजनहरु माईबेनीमा रात बास बसेर मकर नुहाइ शिवालयको दर्शन गरेर मात्र फर्किने गरेका छन् ।
 
इलाम नगरपालिका वडा नम्बर १० र माईजोगमाई गाउँपालिका वडा नम्बर ४ को संगम स्थलमा लाग्ने उक्त मेलामा इलाम जिल्लाका विभिन्न ठाउँका धर्मावलम्बी साथै छिमेकी राष्ट्रय भारतको दार्जिलिङ, सिक्किम, असाम, भुटान लगायतका स्थानबाट पनि सो मेलामा भक्तजनहरु आउने गरेका छन् । मेलामा स्थानीय परिकारहरुको खान, कन्दमुलहरुको परिकार, जातीय संस्कार अनुसारको संस्कृति र खानपान चाख्न पाइने व्यवस्था मिलाइएको छ । मेलामा उखु र तरुलको ब्यापार समेत हुने गरेको छ ।

गत पुष ३० देखि माघ ३ गतेसम्म आयोजना गरिएको मकर मेलामा नेपाल, भारत र भुटानका क्षेत्रवाट करिव डेढ लाख भक्तजनहरुले भ्रमण गर्ने अनुमान गरिएको छ । यस पटक मेलामा एक हजारको हाराहारीमा बिभिन्न पसल मेलामा संचालन गरिएको छ । आयोजकले यसपटक फुटवल ,झाँकी सहितका सांकृतिक कार्यक्रम समेत आयोजना गरेको छ । मेलामा ३ करोड बराबरको कारोबार हुने आयोजक समतिका सदस्य भक्त लुङ्गेलीले बताएका छन् ।   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ