arrow

डा. केसीको सत्याग्रहप्रति शान्ति समाजको ऐक्यवद्धता

logo
प्रकाशित २०७५ माघ १ मंगलबार
dr-kc.jpg

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सुधारको माग सहित इलाममा १६ औँ पटक अनसनरत सत्याग्रही प्रा. डा.गोविन्द केसीलाई मंगलबार भेटी उनको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्दै डा. केसीले थालेको सत्याग्रहप्रति ऐक्यवद्धता प्रकट गरेको छ ।

यसै सन्दर्भमा डा. केसीसँग सरकारले विगतमा गरेका सहमतिहरु शिघ्र कार्यान्वयन गर्न आग्रह गर्दै समाजका तर्फबाट प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई लेखिएको पत्र प्रधानमन्त्री कार्यालयमा पठाइएको छ भने शान्ति समाजको प्रतिनिधिमण्डलले इलामका प्रमुख जिल्ला अधिकारीलाई पनि उक्त पत्र हस्तान्तरण गरेको छ ।

शान्ति समाज केन्द्रीय कार्यसमितिका उपसभापति विष्णुप्रसाद चापागाईको नेतृत्वमा डा. गोविन्द केसीलाई भेट्ने १२ सदस्यीय प्रतिनिधिमण्डलमा शान्ति समाज अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे, केन्द्रीय सदस्य विकास थापा, सुनसरी शाखा पुर्व सभापति सन्तोष रौनियार, झापा शाखा सभापति महेन्द्र विलास लुइटेल, झापा शाखा पूर्व सभापतिहरु पुष्पराज पौडेल, टिकेन्द्र खनाल, ज्ञानेन्द्र निरौला लगायत सम्मिलित थिए ।

सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यू,
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय
सिंहदरबार, काठमाण्डौँ नेपाल
विषय : सत्याग्रही डा. गोविन्द केसीसँग विगतमा भएका सहमतिहरु कार्यान्वयन गर्न आग्रह
सम्माननीय प्रधानमन्त्रीज्यू,
सत्याग्रही प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सुधारको माग सहित विगतमा १५ पटक अनसन बसिसक्नु भएको र पछिल्लो अनसनमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वको सरकारले उक्त मागहरु स्वीकार गरी सहमति भएपछि अनसन टुगिंएको विदितै छ । तर संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट उपरोक्त सहमति विपरित चिकित्सा शिक्षा विधेयक पारित गरिनु दुर्भाग्यपूर्ण छ । सोही कारण डा. केसीले गत पुस २५ गतेदेखि पुराना सहमति कार्यान्वयन लगायतका माग राखि इलामबाट १६ औँ पटक अनसन थाल्नुभएको छ । डा. केसीको विग्रदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार तथा शान्ति समाज गम्भीर चिन्ता व्यक्त गर्दछ ।  मानव अधिकार तथा शान्ति समाज सत्याग्रही डा. गोविन्द केसीसँग विगतमा भएका सहमतिहरु शिघ्र कार्यान्वयन गरी डा. केसीले थाल्नुभएको सत्याग्रहलाई उचित निकास दिन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष आग्रह गर्दछ । साथै एउटा सत्याग्रहीसँग बारम्बार गरिएका सहमति कार्यान्वयनमा उदासिनता देखिदा आम जनमानसमा उत्पन्न हुने वितृष्णा र सरकारप्रति बढ्दो अविश्वासलाई मध्यनजर गरी विगतमा डा. केसीसँग भएका सहमति अक्षरस कार्यान्वयन गरी त्यही विषयमा फेरी सत्याग्रह र आन्दोलन गर्नुपर्ने परिस्थिति उत्पन्न हुन नदिन मानव अधिकार तथा शान्ति समाज सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष विशेष आग्रह गर्दछ ।
साथै वाइड बडी जहाज खरिद प्रकरणमा व्यापक भ्रष्टाचार र अनियमितता भएको तथ्य प्रकाशमा आएको सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले संसदीय समितिमा नै पटक पटक झुठ बोलेको प्रमाणित भइसकेको अवस्थामा लोकतान्त्रिक मुल्य र संसदीय मर्यादाका खातिर मन्त्री अधिकारीलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न पनि सम्माननीय प्रधानमन्त्रीज्यूलाई शान्ति समाज आग्रह गर्दछ । यसैगरी वाइड बडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार र अनियमिततामा संलग्न मूल पात्रहरुलाई कारबाही सुनिश्चित गर्न पनि शान्ति समाज पुन आग्रह गर्दछ ।
भवदीय

उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७५ माघ १

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ