arrow

नेपाल बारमा चुनावी तातो, डिएलएद्धारा उम्मेदवार छान्न समिति 

logo
प्रकाशित २०७५ माघ २ बुधबार
dla.jpg.jpeg

काठमाडौं । नेपाल बार एशोसिएशनमा चुनावी सरगर्मी बढेको छ । बारको नयाँ नेतृत्व चयन गर्ने दिन नजिकिदै गर्दा आकांक्षीहरुको गृहकार्य तिब्र हुन थालेको छ । 

देशव्यापी रुपमा आकांक्षीहरुले चुनावी तयारीलाई तिब्र पारेपछि बारको निर्वाचनको चहलपहल पनि बढ्न थालेको छ । आगामी चैत १६ गते शनिबार बारको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि कानुन व्यवसायीहरुले उम्मेदवारी घोषणा पनि गर्न थालेका छन् । 

निर्वाचनका लागि बृहद लोकतन्त्रबादी समुह गठन गरी उम्मेदवार तय गर्न भन्दै नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन डिएलए ले आफ्नो बिधान अनुसार उम्मेदवार छनौट समिति गठन गरेको छ । 

डिएलएका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बसन्तराम भण्डारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको छनौट समितिकी सदस्यसचिव तथा डिएलएकी महासचिव लक्ष्मीदेवी दाहाल राबलले जानकारी दिइन् । 
 
समितिको सदस्यमा बारका पूर्व अध्यक्षद्धय तथा वरिष्ठ अधिवक्ता हरिहर दाहाल र वरिष्ठ अधिवक्ता प्रेमबहादुर खडका, डिएलएका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता उपेन्द्रकेसरी न्यौपाने, वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा, बारका बर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, डिएलएका निवर्तमान अध्यक्ष भरतप्रसाद खरेल, वर्तमान अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, अधिवक्ता सिताराम राई, अधिवक्ता विनय सिंह, अनिता जोशी मानन्धर रहेका छन् । 
 
समितिले चाँडै नै उम्मेदवारहरुको छनौट गर्ने र अन्य संगठनमा आवद्ध कानुन व्यवसायीहरुसँग पनि गठबन्धन गर्नका लागि गृहकार्य गर्ने जनाइएको छ । 

डिएलएले आकांक्षीहरुलाई आफ्नो दावेदारी पेश गर्न यसअघि नै आह्वान गरिसकेकाले आकांक्षीहरुको सूची बनिसकेको छ । त्यही सूचीका आधारमा छनौट समितिले उम्मेदबारहरु छनौट गर्ने डिएलएले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ