arrow

सचिव कुटपिट घटनाको यथार्थ सार्वजनिक गर्न पूर्वमन्त्री जोशीको माग

logo
राजन कुमार सिंह,
प्रकाशित २०७५ माघ २ बुधबार
joshi.jpg

धनुषा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले प्रदेश नं. २ का उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव माथिको आक्रमण लोकतान्त्रिक मुल्य मान्यता विपरित रहेको बताएका छन । राष्ट्र सेवक सेवक कर्मचारीको रक्षा गर्ने दायित्व लिएका सरकारका मन्त्रीबाट सचिवमाथिको आक्रमण संघीयता नै समाप्त गर्ने षडयन्त्र भएको उनले आरोप लगाएका छन् । 

नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता जोशीले चाहे त्यो मन्त्री नै किन नहोस संघियता तथा प्रजातन्त्रमा कसैको अभिव्यक्ति स्वतन्त्रता दबाउनका लागि हातपात गर्ने स्वतन्त्रता कसैलाई पनि नरहेको बताए । उनले भने ‘जसरी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथि हातपात गरेका छन् त्यो आपत्तिजनक छ ।’

देशमा संघियता आइसकेपछि सबैको काँधमा संघियता कार्यान्वयन गर्ने अभिभारा रहेकोले यस प्रकारको कृयाकलापले संघियतालाई खतरामा पुर्याएको उनको भनाई थियो  । संघियताको सवालमा प्रदेश र संघिय दूबै सरकार उदासिन रहेको नेता जोशीले आरोप लगाए ।  संघिय सरकार जसरी दमनकारी नीति लिएर अगाडी बढ्दै ठीक त्यस्तै प्रदेश सरकार अगाडी बढिरहेकोमा उनले दुःख व्यक्त गरे ।

एक अर्को प्रसंगमा नेता जोशीले संघिय सरकारले कांग्रेस नेताहरुको नाउँमा रहेको अस्पतालको नाउँ परिवर्तन गर्न लागि परेको भन्दै त्यस बिरुद्ध नेपाली कांग्रेस कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले संघिय सरकार सबै क्षेत्रमा डर त्रास फैलाउने कार्यमा संलग्न रहेको आरोप लगाए । उनले भने ‘देशमा मीडियामाथि सेन्सर गर्ने प्रपञ्च भईरहेको छ यस बिरुद्ध नेपाली कांग्रेस उभेको छ ।’ नेता जोशीले देशमा कम्युनिष्ट सरकार रहेसम्म देशले दुःख पाइ रह्ने दावी गरे । उनले प्रजातन्त्रलाई संस्थागत गर्नका लागि कांग्रेस आवश्यक रहेको बताए ।

नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन कुमार सिंहको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका धनुषाका सभापति महेशशंकर गिरीले नेपाली कांग्रेस प्रदेश नं. २ सचिवमाथि भएको घटनालाई जोडका साथ उठाउने बताएका छन । मन्त्रीद्वारा राष्ट्रसेवक कर्मचारीमाथि हातपात निन्दनीय रहेको उनले बताएका छन । कार्यक्रममा नेपाली कांग्रेस धनुषाका उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , नेपाली कांग्रेसका नेता गणेश तिवारी , युवा नेता प्रफुल्ल राज घिमिरे , प्रवेश चौधरी सहितका नेताहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ