arrow

काठमाडौँमा दिउँसो समेत मापसे जाँच

logo
प्रकाशित २०७५ माघ २ बुधबार

काठमाडौँ । काठमाडौँमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ । दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको समेत थप कडाइ गरेको जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी निरीक्षकको नेतृत्वमा दिउँसोमा विभिन्न स्थानमा मापसे जाँच थालेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए। यसअघि साँझ र रातिको समयमा मापसे जाँच हुँदै आएकोमा सवारी दुर्घटनालाई ध्यानमा राख्दै अब दिउँसोमा समेत शुरु गरिएको प्रहरीले जनाएको छ । पहिलो चरणमा दिउँसो दुई समूह प्रहरी परिचालन गरिएकाले आवश्यकताअनुसार टोली थपेर कडाइ गरिने प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले राति ७ देखि १० बजेसम्म पहिलो चरणमा र राति ११ बजेदेखि १ बजेसम्म दोस्रो चरणमा गरेर एक रातमा ५० बढी स्थानमा मापसे चेकजाँच हुँदै आएको थियो ।

मदिरा पिएका सवारी चालक भेटिए सवारी अनुमतिपत्रमा जरिवाना तिराएर प्वाल पार्दै आएको प्रहरीले पाँच पटकसम्म प्वाल परेपछि अर्काे पटक भेटिएमा अनुमतिपत्र नै निलम्बन गर्ने गरिएको जनाएको छ । जाँचमा दैनिक करीब ८० देखि १०० जनासम्म मापसे गरेर सवारी चलाउँदै आएका चालक भेटिने गरेको छ । अब दिउँसोमा यस्तो जाँच थालेपछि सङ्ख्या बढ्ने ट्राफिक प्रहरी महाशाखाको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ