arrow

कांग्रेस सभापति र बरिष्ठ नेता स्याङ्जा आउने

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ माघ २ बुधबार
deuba-poudel.png

स्याङ्जा ।  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल स्याङ्जा आउने कार्यक्रम तय भएको छ । सभापति देउवा कांग्रेस नेता शिवकुमार अधिकारीको श्रदाञ्जली सभाका लागि र बरिष्ठ नेता कार्यकर्ता भेटघाटका लागि स्याङ्जा आउने तय भएको हो ।

सभापति देउवा माघ ४ गते जिल्ला स्थित कांग्रेसको पाटी कार्यालयमा आयोजना हुने श्रदाञ्जली सभालाई सम्वोधन गर्ने छन् भने बरिष्ठ नेता पौडेलले माघ ६ गते जिल्लाको वालिङ स्थित सिटीहलमा कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव कुमार रानाले जानकारी दिए । पाटीका सभापति र बरिष्ठ नेता दुई दिनको फरकमा स्याङ्जा आउने कार्यक्रमलाई जिल्लाका कार्यकर्ताले एकताको सनदेशका रुपमा हेरिएको बताईएको छ ।

नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्रका सेनानी अधिकारीको तिनहप्ता अगाडी निधन भएको थियो । अधिकारीको निधनमा बरिष्ठ नेता लगायत अन्य नेताहरु समवेदना दिन स्याङ्जा आएका थिए भने सभापति देउवा श्रदाञ्जली सभामा आउने भएका हुन् । प्रजातन्त्र प्राप्तीका लागि अधिकारीले देखाएको तपस्या महत्वपूर्ण रुपले हेरिएको छ । तत्कालिन पञ्चायत विरुद्ध लड्न बम समेत बोकेका अधिकारीको निधनले प्रजातन्त्र प्राप्तीका लागि शरिरनै आहुती दिन पछि परेका थिएनन् । वीपी कोइरालासँगै राजनीति यात्रमा सहभागी भएका अधिकारीको निधनले एक सच्चा अभिभावक गुमाएको कांग्रेस नेता तथा महासमिति सदस्य भोजराज अर्यालले बताए ।
 
अधिकारीको निधनमा पार्टीको झण्डा ओढाउन समेत परिवार मानेका थिएनन् । राष्ट्र र पार्टीका लागि जिवन नै आहुती दिन तयार रहेका अधिकारीका परिवारले निधनमा पनि झण्डा ओढाउन नदिदा कांग्रेसका कार्यकर्ताहरुले खल्लो महशुष गरेका थिए । यस बारेमा अहिले सम्म पार्टीले आधिकारीक विषय बाहिर ल्याएको छैन । नेपाली कांग्रेसको एतिहासिक महासमिति बैठक पछि कार्यकर्तालाई सम्वोधन गर्न बरिष्ठ नेता पौडेल पहिलो पटक स्याङ्जा आउन लागेका हुन् ।

पौडेलले संगठन सुदृढिकरण गर्नु पर्ने अभियानका साथ स्याङ्जा आउने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । माघ ६ गते वालिङमा सम्वोधन पछि बरिष्ठ नेता पौडेल पाल्पा जाने कार्यक्रम रहेको पाटीका सचिव रानाले जानकारी दिए ।

`



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ