arrow

भैंसीलाई घाँस हाल्न गएकी बालिका करणी गर्ने सार्वजनिक

logo
रमित बिक,
प्रकाशित २०७५ माघ २ बुधबार
karani.jpg

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका वडा– ८ मा गएको पौष २७ गते १२ बर्षीया बालिका बलात्कृत गरेको आरोपमा पक्राउ परेका युवकलाई मंगलबार जिल्ला प्रहरी कार्यालय बाजुराले सार्वजनिक गरेको छ ।  बुढीगंगा नगरपालिका –८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ ।

स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका साँझपख गोठमा भैंसीलाई घाँस हाल्न गएका बेला नजिकै लुकेर बसेका थापाले बालिकालाई बलात्कार गरेका थिए ।  थापाले आफुले बलात्कार गरेको हो भन्दै स्विकार गरेपछि आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताए ।

घटना ५ दिनअघि भएको हो । घटनाबारे कसैलाई जानकारी गराए कुटपिट गर्ने धम्की दिएका कारणले ढिला थाहा भएकोको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ