arrow

बीएण्डसीका संचालक प्रसाईंले प्रेसमाथि धावा बोलेको युनियनको ठहर

logo
प्रकाशित २०७५ माघ २ बुधबार
Nepal-Press-Union_20140908050041.jpg.jpeg

काठमाडौं ।  बीएण्डसीका संचालक प्रसाईंले प्रेसमाथि धावा बोलेको युनियनले ठहर गरेको छ । बुधबार प्रेस युनियनका महासचिब अजयबाबु शिवाकोटीले प्रेस विज्ञप्ति जारी गर्दै  राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउँदै इलाममा अनशनरत डा.गोविन्द केसीको विषयमा समाचार लेखेकोप्रति वी एण्ड सी अस्पताल विर्तामोड, झापाका संचालक दुर्गा प्रसाईंले नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लब भट्टराई(युवराज)लगायत जिल्लामा कार्यरत अन्य संचारकर्मीहरुलाई टेलिफोनमार्फत अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

वी एण्ड सी अस्पतालका तर्फबाट अनशनकारीलाई भेट्न चैतन्य मैनाली नाम गरेका व्यक्ति इलाम आएको बारेमा संचारकर्मीहरुले टेलिफोनमार्फत संचालक प्रसाईंसँग बुझ्न खोज्दा ‘जे गर्छौ गर, तिमीहरुले गर्दा केही विग्रिदैन’ भन्दै अपशब्द बोल्दै अपमान गर्नु प्रेस जगतमाथिकै अपमान भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, 'समाचारप्रति असन्तुष्टी रहे कानुनी उपचारको बाटो हुँदाहुँदै सत्तारुढ दल निकट रहेका प्रसाईंको अभिब्यक्ति सिङ्गो प्रेसमाथिको धावा मात्र नभइ सत्ताको दम्भ र उन्माद प्रष्ट झल्किन्छ । यस्तो किसिमको गैरजिम्मेवारीपूर्ण व्यवहार र हर्कत प्रदर्शन गर्ने संचालक प्रसाईंमाथि आवश्यक कारवाहीका लागि युनियन सरकारसमक्ष जोडदार माग गर्दछ । साथै संचारकर्मीहरुलाई निर्वाध र भयरहित रुपमा समाचार संकलन र संप्रेक्षण गर्ने वातावरण मिलाउन र संचारकर्मीहरुको भौतिक सुरक्षा गर्नसमेत हामी जोडदार माग गर्दछौं ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ