arrow

जनार्दनको क्षेत्र रूकुमबाट दर्जन नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७५ माघ २ बुधबार
janardan-jilla.jpg

काठमाडौं । नेकपा नेता जनार्दन शर्माको पकड क्षेत्र मानिएको पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका नेकपा कार्यकर्ताहरुले नेकपा पार्टी त्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

चौरजहारी वडा नं ८ की तत्कालीन नेकपा माओवादीको स्थानिय नेतृ सुशीला रसाइली र सोही जिल्ला चौर हजारी वडा नं ७ की निर्मला केसी सहित दर्जन माओवादी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । 

कांग्रेस प्रवेश गर्नेमा सोही नगरपालिकाका वडा नं ४ का मान बहादुर भण्डारी, ध्रुव भण्डारी, सेती भण्डारी रहेका हुन् । त्यस्तै, वडा नं ७ का बहादुर जैसी, प्रेम बहादुर जैसी, वडा नं ८ का पुष्पा जैसी र सुष्मा बुढाथोकी कांग्रेसमा प्रवेश गरेको पश्चिम रुकुम कांग्रेसले जनाएको छ ।

मंगलबार नगरपालिकामा भएको एक विशेष कार्यक्रममा कांग्रेस नेता डा. रामशरण महत, दीपक गिरी र डा. चन्द्र भण्डारीले उनीहरुलाई फूल माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

नेता महतले काँग्रेसलाई जनस्तरमा बचाइ राख्न कार्यकर्ताको अहं भूमिका रहेको बताए। उनले हिउँदमा जतिसुकै सुख्खा भएपनि केहि पानी र हावापानीमा वदलाव हुने वित्तीकै दुबोले मौलाउने गरेको स्मरण गराउँदै कांग्रेस पनि दुवौ झै पुनः मौलाउने बताए। कांग्रेस पार्टी प्रवेश गर्ने नेकपाका स्थानिय नेता कार्यकर्ताको योगदानबाट रुकुमका गाउँहरुमा कांग्रेस अझ मजवुद हुने विश्वास महतको थियो। 

कांग्रेस नेता दीपक गिरीले तत्कालिन माओवादीले अनेक हतकण्डा अपनाएर गढ बनाएको ठाउँ रुकुममा एकजना पनि नेकपाको कार्यकर्ता कांग्रेसमा आउनु आफैमा समाचार भएको बताए। कांग्रेस विपक्षमा हुँदा पनि पार्टीमा आउनेहरु साच्चिकै कम्युनिष्टबाट केहि गर्न नसक्ने बुझाइबाट मात्र आएको ठहर गरे। 

माओवादीको हिंसात्मक आन्दोलनका क्रममा रुकुमबाट मात्र तत्कालिन जिल्ला विकास समितिका सभापति हरिभक्त ओली सहित ८४ जना नेपाली कांग्रेसका कार्यकर्ता तत्कालिन विद्रोही पक्ष माओवादीबाट मारिएका थिए। त्यस अवस्थामा गाउँघरमा कांग्रेस कार्यकर्ता कैयनको अंगभंग गरिएको थियो। कैयौंलाई घाइते बनाइएको थियो। शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि तत्कालिन माओवादीले डर त्रासको राजनीति छोडेको छैन। यो अवस्थामा तत्कालिन माओवादी तथा हालको नेकपाका स्थानिय नेता कार्यकर्ताहरु कांग्रेसमा आउनु महत्वपूर्ण रहेको कांग्रेस नेता चन्द्र भण्डारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ