arrow

तत्काल भुकम्प गइहाले के गर्ने ?

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ माघ २ बुधबार
earthquake-demo.jpg

दार्चुला । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी दार्चुला लगायत देशै भरी मनाइएको छ । वि.सं १९९० माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको छ ।

दिवस मनाउन सम्पूर्ण सुरक्षा संयत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले यसको नेतृत्व गरेका थिए । त्यसै अनुसार सुरक्षा निकायले दार्चुला जिल्लामा भूकम्पीय विपत्तिबाट कसरी बच्न सकिन्छ भन्ने बारे एउटा जनचेतना जगाउने डेमो समेत देखाएका छन् । सेना र प्रहरीले भूकम्प गएलगत्तै कसरी ज्यान बचाउने र तत्काल कसरी उद्धारमा खट्न सकिन्छ भन्ने कलाहरु समेत प्रस्तुत गरेको थियो ।

जमिन भित्र हलचल भई भूकम्प आउने गर्दछ, यसलाई रोक्न सकिने त कुरै भएन, तर त्यही जमिन माथि हामीले भूकम्प प्रतिरोधी भौतिक संरचनाहरु बनायौं भने त्यसबाट हुने क्षति भने न्यून गराउन सकिन्छ ।  त्यहि भएर जनमानसमा सचेतना जगाउन विसं २०५५ देखि राज्यबाटै यो दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यो दिवस मनाउनको आवश्यकता बारे हामीलाई २०७२ मा गएको विनाशकारी भूकम्पले दिइ औल्याइसकेको छ । त्यस्तो महाविपत्ति आइपर्दा कसरी सुरक्षित रहने भन्ने विषय महत्वपूर्ण हो र यस बारे सबैमा ज्ञात हुनु पनि जरुरी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ