arrow

सरकार विदेशी बैंकमा राखेको अवैध धन जफत होस् – कमल थापा 

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
kamal-thapa-new.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशी बैंकमा अवैध रुपमा रकम जम्मा गर्नेहरुको सम्पत्ति जफत गर्न माग गरेका छन् । नेपालको कानुन अनुसार विदेशी बैंकमा कसैले पनि रकम जम्मा गर्न पाइँदैन । 

पूर्व उपप्रधानमन्त्री थापाले गैरकानुनी रुपमा विदेशी बैंकहरुमा लुकाइएका कालोधनबारे सरकार र सम्बद्ध निकालयले तत्काल छानविन गरी कार्वाही गर्नुपर्ने माग गरेका हुन् । 

बुधबार खोज पत्रकारिता केन्द्रले ५५ नेपालीको स्वीस बैंकमा रकम जम्मा गरिएको लगायतको एस्क्ल्युसिभ रिपोर्ट स्वीस बैंकमा कालोधन लुकाउने नेपाली को हुन् ? कति थुपारिएको छ ? कसरि पुग्यो? सार्वजनिक गरेपछि सोही आधारमा थापाले सरकार समक्ष यस्तो माग गरेका हुन् । 

उनले ट्वीटरमा आफ्नो विचार ट्वीट गर्दै लेखेका छन् –‘गैरकानुनीरुपले बिदेशी बैंकहरुमा लुकाईएका कालोधनवारे सरकार र सम्बद्ध निकायले तत्काल छानविन गरोस्। शंकास्पद व्यक्ति–संस्थाको बैंकखाता तत्काल रोकियोस्। संसदले यस विषयमा सशक्त कदम उठाउनु पर्छ। अवैध सम्पत्ति जफत गर्न र अपराधीलाई कार्वाहीगर्न प्रम केपी शर्मा ओलीले दह्रो कदम चाल्ने आशा गर्छु ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ