arrow

मौसम अस्थिर छ 

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
weather.jpg

 काठमाडौं । मौसम अस्थिर भएको छ । बिहीबार उपत्यकासहित धेरै ठाउँको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावले बुधबारदेखि नै धेरै ठाउँको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा खुल्ने छैन । पहाडी क्षेत्रको मौसम छिनछिनमा परिवर्तन हुनेछ । पश्चिमको एक दुई ठाउँमा पानी पनि पर्न सक्छ । 

बिहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम ६ डिग्री सेल्सियस रह्यो । दिपायलमा ६.८, पोखरामा ९.७ र धनकुटामा १३.८ डिग्री सेल्सियस रह्यो ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान 
 माघ ३ गते बिहीबार

 
दिउँसोः देशका पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भेगका १–२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको पनि संभावना रहेको देखिन्छ ।

 रातिः देशका पहाडी भुभागमा आंशिक बदली रहने छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । साथै देशका हिमाली भेगका १–२ स्थानहरुमा हल्का हिमपातको पनि संभावना रहेको देखिन्छ ।

माघ ४ गते शुक्रबार

दिउँसोः देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने तथा अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ । 

रातिः देशको पश्चिमी पहाडी भुभागमा आंशिक बदली र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ । 

माघ ५ गते शनिबार

दिउँसोः देशको पश्चिमी र मध्य पहाडी क्षेत्रमा आंशिक बदली हुने तथा अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ । 

रातिः देशको पश्चिमी  भुभागमा आंशिक बदली र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ