arrow

जनकपुरधाममा आमा–छोरीको रहस्यमयी मृत्यु, श्रीमान फरार

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ ३ बिहिबार
sima-sharma.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुईको अस्थायी राजधानी  जनकपुरधाममा आमा–छोरीको रहस्यमयी मृत्यु भएको छ । जनकपुरधाम  उपमहानगरपालिका वडा नम्बर ४ की सिमा शर्मा र उनको दुई वर्षीया छोरी गौरीको रहस्यमयी मृत्यु भएको छ ।

सीमाको माइती पक्षले दाइजोका कारण विष खुवाएर छोरी र नातिनीको हत्या गरेको आरोप लगाएको छ भने श्रीमती र छोरीको मृत्यु भएपछि सीमाका श्रीमान समिर मिश्र फरार रहेका छन । समिर फरार हुनुले घटनालाई थप रहस्यमयी बनाएको छ।

पहिलादेखि नै दाइजोका कारण समिरले सीमालाई दु:ख दिने गरेको माइती पक्षको भनाई रहेको छ । सिमा र छोरीको विष सेवनबाट मृत्यु भएको खुलेको छ । सीमाको गत  मंगलबार र छोरीको वुधबार मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपेन्द्र साहीले जानकारी दिएका छन  ।

समिर फरार भएपछि प्रहरीले सिमाकी सासू किरण मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धनुषाको प्रहरी उपरीक्षक गोबिन्द थपलियाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ