arrow

प्रधानन्यायाधीशको न्यायालय शुद्धीकरण अभियान : ५ न्यायाधीश कारबाहीमा

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं । प्रधानन्यायाधीशमा नियुक्ती लिएसँगै न्यायालय शुद्धीकरण अभियानलाई प्राथमिकता दिएका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले ३३ किलो सुनकाण्डको फैसलामा गलत गरेको भन्दै ५ न्यायाधीशलाई कारबाही गरेका छन् ।

बिहीबार प्रधानन्यायधीश राणाले साढे ३३ किलो सुनकाण्डका प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएका उच्च अदालत विराटनगरका ५ न्यायाधीशलाई कारबाही गरेका हुन् । उनीहरुलाई  विराटनगर उच्च अदालतबाट कारबाही गरी थप अनुसन्धानको लागि न्याय परिषद्मा झिकाईएको सर्वोच्चले जनाएको छ । 

न्यायाधीशहरुमा नागेन्द्र लाल कर्ण, उमेशराज पौडेल, उमेशकुमार सिंह, सारङ्गा सुवेदी र थीरबहादुर कार्कीलार्इ कारबाही गरेका हुन् । यी ५ न्यायाधीशहरुले जिल्ला अदालत मोरङको फैसला उल्टाउँदै उनीहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

साढे ३३ किलो सुन तस्करी प्रकरणमा चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अरु अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ