arrow

डा केसीको स्वास्थ्य नाजुक, इलामबाट झापा लगियो

झापाबाट सेनाको नाइटभिजन हेलिकप्टरमा काठमाडौं लगिने

logo
सोम सुसेली,
प्रकाशित २०७५ माघ ३ बिहिबार
govinda-kc-ilam2.jpg

इलाम। स्वास्थ्य शिक्षामा सुधारको माग राख्दै १६ औं पटक आमरण अनशनमा बसेका डा गोविन्द केसीको अवस्था अत्यन्त नाजकु भएपछि उनलाई इलामबाट काठमाडौं ल्याउन लागिएको छ। केसी ९ दिनदेखि आमरण अनशनमा बसेका छन्।

१५ पटकको अनशनसम्म गरिएका सहमति कार्यान्वयन नगरेर सरकारले छलछाम गरेपछि १६ औं पटक आमरण अनशनमा बसेका केसी यसपटक निकै नै कमजोर देखिएका हुन्। उनको स्वास्थ्यले उनलाई साथ दिएन। स्वास्थ्यले साथ नदिएपछि उनलाई काठमाडौं ल्याउने तयारी भएको हो। उनको इच्छाशक्तिले मात्र उनलाई जनताको पक्षमा उभिन सक्ने बनाएको उनका सहयोगीहरु बताउँछन्। 

स्वास्थ्य अवस्था नाजुक भएपछि केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको नाइट भिजन हेलिकप्टर इलाम आएपनि ल्याण्ड हुन नसकेपछि झापा ल्याण्ड गरिएको छ। झापाको चन्द्रगढीमा रहेको हेलिकप्टरसम्म केसीलाई एम्वुलेन्समा पुर्‍याउन लागिएको छ। लाइफ सपोर्ट सेवासहित एम्वुलेन्समा केसीलाई झापा लगिदै छ। 

डा.केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौँ ल्याउन लागिएको हो। “डा. केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडौं लैजाने तयारी गरेका हौं’ डा.केसीका सहयोगी अविशेषराज सिंहले भने।

धरानबाट गएका विशेषज्ञ टोलीका संयोजक डा विकास साहका अनुसार इलामबाट तीन विशेषज्ञसहितको एम्बुलेन्स भद्रपुरका लागि १०:२० मिनेटमा हिडेको छ । आर्मीको हेलिकप्टर पनि भद्रपुरमा ल्यान्ड भइसकेको छ । आर्मीको हेलिकप्टरमा धरानका २ विशेषज्ञसहित काठमाडौं ल्याइने र त्रिवि शिक्षण अस्पतालमा राखिने ;साहले जानकारी दिएका छन्।

सम्भवत केसीलाई शुक्रवार विहान ३ वजेसम्म काठमाडौं ल्याइ सकिने अनुमान गरिएको छ। 

केसीलाई झापा लैजाने क्रममा पूर्व प्रधानन्यायाधिश शुसिला कार्की केदारभक्त माथेमा दमननाथ ढुङगाना लगायतका नागरिक समाजका प्रतिनिधीहरु पनि इलाम अस्पताल आइपुगेका थिए। 

Image may contain: 4 people, people sitting

Image may contain: 3 people, people standing



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ