arrow

प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा राष्ट्रपति निवासलाई

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
sital-niwas-police-academy.jpg

काठमाडौं। नेपाल प्रहरी प्रतिष्ठान महाराजगञ्जको पूरै ११४ रोपनी ३ आना जग्गा सरकारले राष्ट्रपति निवासको नाममा दिएको छ। राष्ट्रपतिको कार्यालय परिसर थप पूर्वाधार विकास गरी सुविधा सम्पन्न बनाउनका लागि प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ। 

सूचनाको हकअन्तर्गत विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापा र सोहि दलका विजयबाबु शिवाकोटी, प्रितम सुवेदी र शशी बिक्रम कार्कीले मागेको सूचनामा सूचना सञ्चार तथा वैदेशिक समन्वय शाखाले मन्त्रिपरिषद्को भदौ २१ मा भएको निर्णयअनुसार सो जग्गा राष्ट्रपति निवासको नाममा गरिएको जानकारी दिएको जनाएको हो।

राष्ट्रपति तथा उपराष्ट्रपति आवास सम्बन्धी अध्ययनको लागि मन्त्रिपरिषद्का सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा एक टोली गठन गरिएको थियो। सोही टोलीले पेश गरेको प्रतिवेदनको आधारमा प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ।

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ