arrow

डा केसी त्रिवि शिक्षण अस्पतालको आइसीयुमा भर्ना 

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
dr-kc2.jpg

काठमाडौं । सत्याग्रही प्राडा गोविन्द केसीलाई शुक्रबार बिहान काठमाडौं ल्याई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

स्वास्थ्य तथा शिक्षा समितिले पास गरी संसदमा पेस गरेको चिकित्सा शिक्षा विधेयकमा संशोधन लगायत माग राख्दै इलाममा अनसन बसेका केसीको स्वास्थ्य अत्यन्त खराव भएपछि शुक्रबार बिहान ३ बजेपछि  काठमाडौं ल्याइएको थियो। 

सुरूमा डा केसी आइसीयुमा भर्ना हुन राजी नभए पनि गम्भीर स्वास्थ्य अवस्था हेरेर केदारभक्त माथेमा, सुिशला कार्की, दमननाथ ढुंगाना लगायतले आग्रह गरेपछि उनी आइसीयुमा बस्न राजी भएका थिए ।

१० दिनदेखि अनसनरत डा केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको केसी समूहका सदस्य डा अभिषेक सिंहले जानकारी दिए ।

केसीलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्स र त्यहाँबाट सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टरको टोलीले बुधबार केसीको स्वास्थ्यमा गम्भीर समस्या भएकाले इलाममा राखिराख्नु खतरापूर्ण हुने सुझाव दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ