arrow

देशभरका अस्थाई शिक्षकले संघीय राजधानीमा प्रदर्शन गर्ने

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ ४ शुक्रबार
Teacher_memorandum_pro2.jpg

जनकपुरधाम। अस्थाई शिक्षकहरुलाई पदमुक्त गर्ने भएपछि उनीहरु आन्दोलित भएका छन् ।प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् ।

अस्थाई शिक्षकहरुलाई स्थाई गर्न माग गर्दै ज्ञापन पत्र बुझाईएको हो । बिहिवार अस्थाई शिक्षकहरु एक बुँदे माग सहित प्रदेश सरकार लाई ज्ञापन पत्र भुझका हुन् । अस्थाई शिक्षकहरुलाई कुनै पनि बहानामा अवकाश नदिई अनिर्वाय अवकाश उमेरको हदसम्म यथावत विद्यालयमा कामकाजमा राख्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझदै मुख्यमन्त्री राउतले शिक्षा क्षेत्रमा आफ्नो जिवनको लामो समय दिने अस्थाई शिक्षकहरुलाई स्थाई हुनु पर्ने बताए । अस्थाई शिक्षकहरुलाई आफु सकेजति सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । अस्थाई शिक्षक संघ धनुषाको अध्यक्ष विनोद यादवले बताए ।

त्यस्तै ज्ञापन पत्र बुझाउन आएका नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामशिनेही यादवले अस्थाई शिक्षकहरुको परिणाममा प्रदेश नम्बर दुई सँग पक्षपात गर्दै अधिकांश शिक्षकहरुलाई फेल गरेको आरोप लगएका छन ।

अस्थाई शिक्षकहरुले शिक्षा मन्त्री गिरीराजमणि पोखरेल विरुद्ध नारावाजी गर्दै रियली सहित मुख्यमन्त्रीको कार्यालयमा पुगी ज्ञापन पत्र बुझाएका थिए । माघ ७ गते नेपालको ७७ वटै जिल्लाका अस्थाई शिक्षकहरुद्घारा संघीय राजधानीमा पुगी प्रदर्शन गर्ने योजना रहेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ