arrow

कांग्रेसका 'त्यागी नेता' रेग्मीको निधन 

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
regmi_Nidhan.jpg

काठमाडौं । नेपाली कांग्रेसका पुराना र त्यागी को निधन भएको छ । नेपाली कांग्रेस कास्कीका पूर्व सचिव केशव रेग्मीको उपचारका क्रममा शुक्रबार निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वासको रोगबाट ग्रसित रेग्मीको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ। 

रेग्मीको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएका छन् । २०२३ सालमा गण्डकी छात्र समितिको स्थापनाकालका सदस्य एवं नेपाल बिद्यार्थी संघको स्थापना रेग्मीको ठूलो योगदान रहेको कांग्रेस वरिष्ठ नेता पौडेलले जारी गरेको शोक वक्तब्यमा उल्लेख छ ।

 ‘२०२३ सालमा गण्डकी छात्रा समिति गठन गर्दा केशवजी र हामीले एकैसाथ काम गरेका थियौ । त्यो पछि गण्डकी साहित्य सम्मेलन गरेको मलाई अहिले पनि संझना छ । उहाँ गण्डकी छात्रा समितिको सदस्य पनि हुनुभएको थियो । पछि नेपाल बिद्यार्थी संघको स्थापना गर्दा पनि केशवजी हाम्रो साथमा हुनुहुन्थ्यो’  पौडेलले जारी गरेको शोक वक्तब्यमा भनिएको छ–‘मैले बिद्यार्थी कालमा केशवजीसंग धेरै समय बिताएको छ। बिद्यार्थी राजनीति मात्र होइन जेलमा समेत केशव जीसंगै धेरै समय विताएको छु ।  नेपाली कांग्रेसको राजनीतिमा अविचलित भई लामो समयसम्म नेपाली कांग्रेसलाई केशवजी आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने नेता हुनुहुन्थ्यो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ