प्रधानमन्त्रीलाई संसदमा पहिलो प्रश्न : 'स्वीस बैंकमा खाता हुनेलाई के गर्ने अब ?'
प्रकाशित २०७५ माघ ४ शुक्रबार
553
Shares
काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सांसद्हरुको प्रश्न माथिको जवाफ दिई रहेका छन् । बैंठकमा पहिलो प्रश्न प्रधानमन्त्री ओलीलाई स्वीस बैंकमा नेपालीले पैसा राखेको भन्नेबारे आएको समाचारमा के हुन्छ ? भनेर प्रश्न गरिएको छ ।
बैठकको पहिलो प्रश्न गर्दै सांसद खगराज अधिकारीले नेपाल लिक्स नामक रिपोर्टले स्वीस बैंकमा समेत धेरै नेपालीको खाता रहेको र पैसा समेत रहेको भन्ने बारे समाचार प्रकाशित भईसकेको अवस्थामा अब सरकारले के गर्छ भन्दै प्रश्न गरेको थिए ।
त्यसको जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो सरकार भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको अभियानमा रहेको भन्दै यदि गैरकानूनी रुपमा कुनैपनि रकम रहेको भए ती व्यक्तिहरुलाई कानूनी कठघरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । समाचार प्रकाशित पछि आफ्नो त्यस्ता गैरकानूनी काममा संलग्नता भेटिए सबै गैरकानूनी रकम राज्यले जफत गर्न सक्ने जस्ता चुनौतीहरु समेत आईरहेको भन्दै प्रधानमन्त्री ओलीले समाचारलाई नै आधार मानेर केही पनि कारबाही नहुने स्पष्ट पारे ।
उनले तर, चर्चामा आएको कुरालाई नजर अन्दाज गरेर चुप लागेर पनि कस्न नहुने प्रतिक्रिया समेत दिएका छन् । यसरी मुलुकलाई नोक्सानमा पार्ने कुनैपनि काममा आफूहरु कसैसँग पनि सम्झौता नगर्ने स्पष्ट समेत पारेका छन् । उनले यसको सत्य तथ्य के हो ? छानविन गरेर मात्रै त्यसको जवाफ दिन सकिने प्रतिक्रिया समेत दिएका छन् ।