arrow

लोकतन्त्रको आवरणमा सामन्तवादी धन्दा मौलायोः डा.केसी

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
Dr._Surendra_KC_.JPG

काठमाडौं। प्रा.डा.सुरेन्द्र केसीले लोकतन्त्रकको आवरणमा  पक्षपात र सामान्तवादी आचरण मौलाएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा सुदर्शन अर्याल ‘सितल’द्वारा लिखित पुस्तक ‘लोकतान्त्रिक सामन्तवाद’को विमोचन कार्यक्रममा बोल्दै डा.केसीले यस्तो टिप्पणी गरेका हुन।  उनले भने,‘संसदमा ५५ वटा जोडीहरु छन्, समानुपातिकतर्फ पनि त्यस्तै नातावाद छ, समावेशिताको नाममा पनि भष्ट्रिकरण भएको छ, पदको लागि, राजदुतको लागि मन्त्रीको लागि खुल्ला भष्ट्रिकरण भएको छ, जनताले लोकतन्त्रको लागि जुन योग्दान दिएका थिए, त्योअनुरुपको शासन–सत्ता सञ्चालन नहुनु विडम्बना हो ।’

सहिदहरुको सपना र बलिदानअनुरुपको सत्ता सञ्चालन नभएको डा. केसीको आरोप छ । उनले भने,‘सहिदहरुले किन रगत बगाए ? किन आफ्नो जीवन बलिदान दिए ? आज सहिदहरुको सपना अनुसारको शासन व्यवस्था सञ्चालन भैरहेको छ ? लोकतन्त्रमा योग्यता, जवाफदेहिता र पारदर्शीता हुन्छ, खै हाम्रो देशमा यसको स्थान कहाँ छ ? एकपटक श्रीमती अर्कोपटक श्रीमान मन्त्री, श्रीमती नभए श्रीमान सांसद, श्रीमान नभए श्रीमती सांसद, असली बाहुनकी श्रीमतीले जनजाति कोटाबाट सांसद पद हात पार्छन्, यस्तो पनि हुन्छ ? लोकतन्त्रको आवरणमा सामन्तवाद लादेका छन्, आवरण लोकतन्त्र आचरण सामन्तवादी छ ।’

प्रक्रियामात्रै लोकतन्त्र भएर देश र जनताले सुख नपाउने उनले बताए । उनले भने,‘पक्षपात, भ्रष्टाचार, आफन्तवाद, यस्ता विषयहरुले स्थान पाउने पनि लोकतन्त्र हुन्छ ? सुदर्शनजीले लेख्नुभएका विषयहरुसँग सम्बन्धित मैले तमाम पुस्तक लेखेको छु, आफु र आफ्न्तबाहेक अरु कोही छैन, भन्ने खालको राजनीति गरिदैछ, राजदुत पद किनबेच गर्ने देशका नागरिक हौं, यहाँ सांसद किनबेच हुन्छन्, जनताको आवाजहरु सुन्ने मानिस छैनन्, नेतृत्व छैन् ।’

कृतिकार सुदर्शन अर्याल ‘सितल’ को सभापतित्व रहेको कृति विमोचन कार्यक्रममा वरिष्ठ पत्रकार अनिल योगीले राजनीतिक दलहरु बलियो बन्दैमा राज्य बलियो नबन्ने दाबी गरे । उनले भने,‘हाम्रो देशमा सार्वभौम राज्यसत्ता छैन्, यहाँ पार्टी सत्ता चलेको छ, त्यही भएर जनताले रुँदै जीवन बिताउनुपरेको छ, २०४६ सालपछि देश निकै कमजोर बनेको पक्कै हो, मुलुकलाई नाजुक स्थितिमा पुर्याउने अरु कोही होईनन्, वर्तमान राजनीतिक दल हुन, सुदर्शनजीले लेखेको पुस्तकमा समावेश कुराहरु सोचनीय छन्, यो सानो झिल्को हो, भोलि ठूलो नहोला भन्न सकिन्न, शंका गर्नुपर्ने स्थिति कसरी आयो ? किन आयो ? यसको जवाफ कसले दिने ?’

उनले अघि थपे,‘जनताको जीवनमाथि खेलवाड गर्ने, अनि आफु र आफ्नो राजनीतिक दल आवरण लोकतन्त्र देखाएर मोटाउनेहरुले चलाएको व्यबस्था लोकतान्त्रिक सामन्तवाद नै हो, आचरणमा कुनै रंग, ढंग देखिँदैन यो व्यबस्था कसरी लोकतन्त्र हुन्छ ? आज जनताले तितो रुपमा गालि गर्छन्, यता मेरो शीर झुकेको हुन्छ, राष्ट्रपति र प्रधानमन्त्री मेरो देशका गौरव हुन, यी पदको ठूलो मुल्य छ, ठूलो बलिदानी लुकेको छ, यो कुरा कसले बुझिदिने ? यस्ता सन्दर्भहरु यस पुस्तकमा पनि छन् ।’

त्यस्तै कार्यक्रममा लेखक ‘सितल’ले उच्चारण गर्दा यस पुस्तकको नाम अप्रिय लागेपनि मुलुकको आन्तरिक सत्यता लोकतान्त्रिक सामन्तवाद नै भएको दाबी गरेका छन् । उनले भने,‘नेपालीहरुले निन्दनीय र बिचरा जीवन जिउनु परिरहेको छ, बक्र रुपमा लोकतन्त्र, कागजमा लोकतन्त्र भएपनि जनताको जनजिविका, जनताका दुःख, अभाव र गरिवीहरुमा लोकतन्त्र छैन्, जनताले खाए या भोकै छन् ? दुःख–सुख के छ ? सोध्ने लोकतन्त्र हामीले कल्पना गरेका हौं, जनताले पुर्याएको योगदानको आधारमा शासन, व्यवस्था सञ्चालन हुनुपर्ने हो, तर त्यो हुन सकेन, भित्रि रुपमा लोकतान्त्रिक सामन्तवाद मौलायो।’

लोकतन्त्र प्राप्तपछि आफुले देखे, भोगे र जाने कुराहरु कृतिमा समावेश गरिएको बताउँदै लेखक अर्यालले भने,‘लोकतन्त्रमा सामन्तवाद हुन्छ या हुँदैन ? लोकतन्त्रको आवरण अवैध रुपमा गरिएका र हुँदै गरेका सामन्तवादी कार्यहरुको अन्त्य आजको आवश्यकत्ता हो, भेदभावको अन्त्य, समानता, समावेशिता, जवाफदेहिता र पारदर्शीताको खिल्ली उडाएर चलाइने सत्ता सामान्तवाद हो ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ