arrow

राजापुरमा १० ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
Braun_sugar_photo.jpg

राजापुर । प्रहरीले १० ग्राम ब्राउनसुगर (खैरो हिरोइन) सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गस्तीका क्रममा प्रहरीले भारतको लखिमपुर खिरी इन्द्रनगर बस्ने २७ वर्षीय हरजित सिंहलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।

इलाका प्रहरी कार्यालय राजापुरमा राखिएका सिंहलाई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा राजापुर नगरपालिका ४ स्थित शक्तिपुल खोलाको बगरमा बिक्री वितरणका लागि बसीरहेको अवस्थामा भारतीय नागरिक सहित १० ग्राम ब्राउनसुगर फेला पारेको हो ।

बर्दियामा लागुऔषधको कारोवार वृद्धि भएपछि प्रहरीले निगरानी बढाएको उपरीक्षक मैनालीले बताए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ