arrow

डा. केसीसँगको सम्झौता तत्काल कार्यन्वयन माग गर्दै इलाममा र्‍याली

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
govinda-kc-ilam.jpg

इलाम । डा. गोविन्द केसीको माग तत्काल सम्वोधन गर्नुपर्ने माग राख्दै इलाम सदरमुकाममा शुक्रबार पनि र्‍याली तथा कोणसभा भएको छ । १६ औँ सत्याग्रहको दशौं दिन शुक्रबार इलामे नागरीक र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बूवान मञ्च इलामले संयुक्त रुपमा र्‍याली र कोणसभाको आयोजना गरेका हुन् ।

 ठूलो टुडिखेलबाट निकालिएको र्‍यालीले नगरको बिभिन्न भागको परिक्रमा पछि चोकबजारमा कोणसभा गरेको थियो । कोणसभामा बोल्दै बक्ताहरुले डा केसीप्रति सरकारले पटक पटक गद्धारी गरेको आक्रोश पोख्दै पन्ध्रौ सत्याग्रहको क्रममा सरकारले केसीसंग गरेको सम्झौता सहमति कार्यन्वयन गर्नुपर्नेमा जोड दिए । उनीहरुले डा केसीको माग सम्बोधन नभएसम्म आन्दोलनको आँधिबेशरी ल्याउने चेतावनी समेत दिए । कोणसभालाई सम्बोधन गर्दै महिला अगुवा विष्णु दाहालले डा केसीको माग जायज भएकाले पूरा गर्न सरकारलाई आग्रह गरीन् ।

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन मिराकले स्वास्थ्य क्षेत्रमा भइरहेको बिकृति बिसङगती बिरुद्ध लाग्ने केसी नेपाली जनताको मुद्धा लिएर हिँडेको बताए । ‘केसीले उठाएका माग र सरकारले उनिसंग गरेका सम्झौता यथाशक्य सरकारले कार्यन्वयन गर्नुपर्छ’ उनले चेतावनी दिँदै भने ‘तत्काल सरकारले केसीसंग गरेको सम्झौता नगरे जस्तोसुकै पनि मूल्य चुकाइन्छ ।’ केसीका इलाम सहयोगि धर्म गौतमले जनताको आवाज उठाउने केसीका मागहरु हामी सबै नेपालीको भएको बिचार राखे ।  कोणसभालाई संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बूवान मञ्चका केन्द्रिय उपाध्यक्ष डुपछिरिङ काजि लेप्चा, जिल्ला अध्यक्ष दिपक योङहाङले पनि सम्बोधन गरेका थिए । चिकित्सा शिक्षा सुधारको माग राखेर डाक्टर गोविन्द केसी गत पुष २५ गतेबाट १६ औँ सत्याग्रहमा बसेका छन् ।

 इलामनगरपालिका ७ फुलगाछिमा सत्याग्रहमा बसेका केसीको स्वास्थ्य बिग्रिएपछि उनलाई केहिदिन अघि इलाम अस्पतालमा ल्याइएको थियो । उनलाई  इलाम अस्पतालमा ल्याएपनि उनको स्वास्थ्य दिनप्रतिदिन खस्कदै गएको र ज्यानै खतरामा परेपछि बिहीबार राति एकाएक केसीलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट सेनाको हेलिकप्टरबाट काठमाडौं पुरयाइएको छ । उनको महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 केसीले माग पूरा नभइन्जेलसम्म सत्याग्रह भने नछाड्ने अडान लिएका छन् । केसीको मुख्य माग पूर्व सहमति अनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने छ । पूर्व सहमति विपरीत संघिय संसद अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डाक्टर केसी १६ औँ  पटक सत्याग्रहमा बसेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ