arrow

खेल्दा खेल्दै लडेर बालकको मृत्यु

logo
प्रकाश चन्द्र भट्ट।
प्रकाशित २०७५ माघ ६ आइतबार
death-child.jpg

दार्चुला। खेल्ने क्रममा लडेर दार्चुलामा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा महाकाली नगरपालिका वडा नम्बर ८ धापका बिशन भट्टका ८ वर्षिय छोरा पारस भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला सदरमुकाम खलंगामा रहेको छन्ना तिंकरी कन्या माविमा खेल्ने क्रममा लडेर गम्भिर घाइते भएका बालकलाई उपचारका लागी जिल्ला अस्पताल दार्चुला पुर्याए पछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

पारसको निधन पछि भट्ट परिवार शोकमा डुबेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ