arrow

डा केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा, डब्लुबीसीको संख्या घट्यो

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
dr-kc2.jpg

काठमाडौं । १२ दिनदेखि आमरण अनसनरत सत्याग्रही प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था ‘उच्च जोखिम’मा परेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आईसीयुमा भर्ना गरिएका केसीको स्वास्थ्य संक्रमण उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । 

उनका सहयोगी डा अभिशेष सिंहका अनुसार निमोनियाका केही सुधार आए पनि उच्च जोखिम कायमै छ । 

उनले भने, निमोयिा भएर आइसीयुमा राख्नुपर्ने भएपछि इलामबाट काठमाडौं ल्याइयो । निमोनियामा केही सुधार हुँदै गएको छ । तर स्वास्थ्यमा उच्च जोखिम रहेको छ । उहाँले आमरण अनसन जारी राख्छु भन्नु भएको छ ।’

 सेतो रक्तकणिकाको संख्या ३००० मा झरेको छ । चिकित्सक बाहेक कसैलाई पनि भेट्न दिइएको छैन । 

उनको शरीरमा सेतो रक्तकणिकाको संख्या ३ हजारमा झरेको छ । डा केसीलाई एन्टिबायोटिक दिई निमोनियाको उपचार गराइएको छ ।

मागबारे के भन्छन् डा अभिषेक 
उनले सरकारले माग पूरा भइसकेको छ भनेर भन्नु बेइमानी भएको बताएका छन् । उनले भने, ‘सरकारले डा केसीका माग पूरा भइसकेका छन् भन्नु भ्रम छर्नु मात्र हो । सम्झौता तोडिएको छ ।’ 

उनले भने, ‘चिकित्सा शिक्षा विधेयकमा धेरै तोडमोड भएको छ । यस्तो विधेयक आउनु भन्दा नआउनु नै वेश ।’ 

डा केसीका सबै माग पूरा गर्न कुनै पनि सरकारले नसक्ने भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले भन्नु बेइमानी भएको उनको भनाइ छ । 

उनले सम्झाए, ‘माग पूरा गर्छु भनेरै ओली सरकारले साउनमा १५ औं आमरण अनसन तोड्दा डा केसीसंग सम्झौता गरेको थियो । गर्ने सम्झौता पालना नहुने हो भने सम्झौता किन गर्ने त ?’

चिकित्सा शिक्षा सुधारका नाममा डा केसी १६ औं पटक आमरण अनसन बसेका हुन् । पुस २५ गते इलाममा सुरु गरेको अनसन यात्राका क्रममा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई काठमाडौं ल्याइएको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ