arrow

केपी र प्रचण्डले भित्र्याएका तिर्थ भुसाललाई भाइले पनि पत्याएनन्, अन्तर्घाती पुष्टी गरेको आरोप

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
bhusal-chitwan--excongress.jpg

चितवन। नेपाली कांग्रेसमा रहँदा अन्तर्घात गरेको आरोप लागेका तिर्थ भूषाल नेकपामा प्रवेश गरेका छन्। विभिन्न निर्वाचनमा पार्टीबाट उम्मेद्धवारको आकाँक्षी बनेका उनले आफुले टिकट नपाएपछि पार्टीका उम्मेदवार हराउन सक्रिय रहेको आरोप लागेको थियो ।

पार्टीको गतिविधिलाई सुराकी गरेर विपक्षी दललाई सघाउदै आएको आरोपमा उनलाई कांग्रेसले बहिस्कृत गर्दै आएको थियो। काँग्रेसले उनलाई सबै कार्यक्रममा निषेध गर्दै आएको थियो। पार्टीबाट आफैले मात्र अवसर खोज्ने भूषालले पार्टीका सक्रिय नेताले पाएको अवसरको विरोध गर्थे। अरु केही उपाय नरहेपछि बाध्यतावस उनी नेपाल कम्यूनिष्ट पार्टीमा गएपनि उनको बहिर्गमनबाट पार्टी बलियो भएको माडी काँग्रेसका नेता कार्यकर्ताको बुझाई छ।

पूर्व जिल्ला सभापति भनिएपनि उनी केही समय कार्यवाहक सभापति मात्र रहेका थिए। पार्टीको हित विपरित सुराकी गरेको खुलासा भएपछि उनलाई हरेक कार्यक्रम र गतिविधिमा बञ्चित गरिएको थियो । उनले २०६४ सालको संविधान सभा निर्वाचनमा विपक्षी पार्टीलाई सघाएका थिए । उनले हरेक पटक आफैले टिकट पाउनुपर्ने माग गर्थे । गत वर्ष भएको प्रतिनिधि सभा निर्वाचनमा उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सघाएको आरोप छ ।

भुषालले नेकपा प्रवेश गरेको खबर सार्वजनिक भएलगत्तै नेपाली कांग्रेस चितवनले उनले पार्टी छोड्दैमा कुनै क्षती नभएको प्रतिक्रिया दिएको छ । “विगतमा उनको शंकास्पद गतिविधिबारे हामी जानकार थियौँ”, कांग्रेस चितवनका सचिव उत्तम जोशीले भने, “कारवाहीको तयारी भैरहेका बेला उनले छाडेर गएका हुन्, पार्टीले ३ वर्ष यता कुनैपनि गोप्य छलफलमा सहभागि गराउन छाडेको थियो ।”

०७० सालमै रामपुरमा तत्कालिन माओवादीका शिर्ष नेताहरु प्रचण्ड, रामबहादुर थापासँग गोप्य छलफल गरी पार्टी प्रवेश गर्ने तयारीमै उनी रहेको सूचना पाएपछि उनलाई पार्टीको जिम्मेवारीबाट अलग राखिएको कांग्रेसको भनाइ छ।  “उनी पार्टीप्रति सक्रिय थिएनन्, माडीको मेयर पदमा समेत हामीले उम्मेदवार बनाएनौँ”, जोशीले भने, “अहिले पार्टी छाडेर गए, हामीलाई कुनै दुखेसो छैन ।” 

२०५१ सालमा चितवन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित बनेका भूषाल क्षेत्रको विकासमा केही काम नगरेको भन्दै जनताले तिब्र आलोचना गरेका थिए । तत्कालिन समयमा विकासले पछि परेको क्षेत्रमा उनले केही काम नगरेको त्यस क्षेत्रका कार्यकर्ताले गुनासो गरेका थिए । तत्कालिन समयमा नारायण शर्माले पाएको टिकट उनले विन्ति गरेपछि टिकट मागेका थिए । माडी बस्दै आएका भूषाल नैतिक आचरणमा समेत विवादित बनेका थिए । 

उनका आफ्नै भाई शुभाष भुषालले सामाजिक संजाल फेसबुकमा कडा शब्दमा तिर्थ भूषालको विरोध गरेका छन्। लोकतन्त्रमा आफुले चाहेको दलमा प्रवेश गर्नु स्वभाविक रहेको भन्दै उनी नेकपामा प्रवेश गरेर विगतमा लागेको आरोप पुष्टि भएको लेखेका छन् । तिर्थ भूषालकी श्रीमती सहित परिवारका सबै सदस्य भने कांग्रेसमै रहेको भनिएको छ । यसवारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराई पारिवारीक स्रोतले जनाएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ