arrow

पूर्व माओवादीका कार्यकर्ता जनता दलमा प्रवेश

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
janatadal4.jpg

काठमाडौं । पूर्व माओवादीका नेता तथा कार्यकर्ताहरु नेपाली जनता दलमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय अनामनगरमा भएको एक कार्यक्रममा मोरङका भरत भट्टराईको नेतृत्वमा एक सय २२ जना माओवादी कार्यकर्ताहरु जनता दलमा प्रवेश गरेका हुन् । भट्टराईले सशस्त्र द्धन्द्धमा होमिएकाहरुको पार्टी नेतृत्वले आधा सपनामात्र पूरा गरेर पदलोलुपतामा सम्झौता गरेको भन्दै जनता दलमा प्रवेश गरेको बताए।

त्यसैगरी सुनसरीका मिलन ढकाल र तेह्रथुमका निर्मल पौडेलसहित सयौं कार्यकर्ता जनता दलमा प्रवेश गरेका छन् । ढकाल र पौडेलले जिल्लामै कार्यक्रम गरी पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई स्वागत गर्ने जनाएका छन् । पूर्वसांसद एवं पार्टी अध्यक्ष हरिचरण शाह, वरिष्ठ उपाध्यक्ष विपिन लोहनी लगायतले उनीहरुलाई पार्टी प्रवेश गराई सपथ दिलाए ।

कार्यक्रमा बोल्दै अध्यक्ष शाहले जनयुद्ध आफूहरुले पनि सुरु गरेको भन्दै अहिंशाको बाटो नै जरुरी रहेको बताए । उनले, ‘अहिले सशस्त्र द्धन्द्ध ठीक रहेनछ भन्दै गल्तीको आभाष गर्दै साथीहरु अहिंशाको बाटोमा आउनु भएको छ उहाँहरुलाई पार्टीमा स्वागत छ’ भने ।
 
कार्यक्रममा प्रदेश १ को जिल्ला र प्रदेश अधिवेशन गर्ने जिम्मा ढकाल र पौडेललाई तथा प्रदेश २ को जिल्ला र प्रदेश अधिवेशन गर्ने जिम्मा केन्द्रीय सदस्य रामबाबु रजक र सर्लाही जिल्ला सभापति वैजनाथ चौधरीलाई दिइएको छ । पार्टीले यसअघि प्रदेश ५, ६ र ७ को अधिवेशन गरिसकेको छ भने छिट्टै प्रदेश ३ को पनि गर्ने जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ