arrow

विशेष अदालतमा मुद्दा दायर

logo
हाम्रा कुरा
प्रकाशित २०७५ माघ ७ सोमबार
specialcourt-shikharnews.jpg

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका प्रमुख प्रशिक्षक सरिफा पन्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

घरेलु उद्योग दर्ताका लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकाले लाहाछाप लगाउने उद्देश्यले अनुमति दिन नमिल्ने भनी एक सेवाग्राहीसँग पन्तले पाँच हजार घुस लिएको आयोगको आरोप छ । आयोगले सोही कार्यालयमा मध्यस्तकर्ताका रुपमा रहेका खगेन्द्र बोहोरालाई समेत पक्राउ गरेको थियो ।

 आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार प्रमुख प्रशिक्षक पन्त र मध्यस्तकर्ता बोहोरालाई समेत बिगोबमोजिम कारवाही र कैद सजायको माग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ