arrow

बाजुरामा पाँच वर्षपछि हिमपात

logo
जनक बोहरा,
प्रकाशित २०७५ माघ ८ मंगलबार
bajura-heu.jpg

बाजुरा, सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भारी हिमपात भएको छ । हिमपातका कारण पहाडी जिल्लाका स्थानीयहरुलाई आवतजावतमा समया भएको छ । बाजुरामा सोमबार राति देखि एकाएक मौसम परिवर्तन भएपछि आज सदरमुकाम मार्तडी आसपासका क्षेत्र उत्तरी भेगका स्थानीय तहरुमा हिमपात भएपछि यहाँका स्थानीय किसानहरु निकै हर्षित भएका छन् ।

करिव पाँच वर्ष पहिले सदरमुकाम र अन्य गाउँपालिका र नगरपालिकामा हिमपात भएको भएपनि लामो समय पछि हिमपात हुँदा किसानहरुरलाई राहत पुगेको यहाँका स्थानीयबासीहरु बताउछन् ।  हिमपात भएसंगै किसानले लगाएका गहुँ बाली समेतलाई राहत पुगेको बडीमालिका नगरपालिका ८ का रुद्र बहादुर थापाले बताएका छन् ।

 जिल्लाका उत्तरी भेगको हिमाली,स्वामीकार्तिक खापर,जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका पाँच फिट बढी हिमपात भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले जानकारी दिए । उनले हिमपातका कारण यहाँका  स्थानीयहरुलाई निकै सास्ती भोग्नृ परेको बताए। हिमाली भेगमा हिमपात भएक कारण बालबालिका,बृद्धबृद्धा विरामी झनै समस्यामा परेका छन् । भारी हिमपातका कारण उत्तरी भेगमा आवतजावत र सवारी साधन समेत बन्द भएका छन् ।


भारी वर्षासंगै हिमपात भएपछि अत्याधिक रुपमा चिसो बढेको छ । चिसोका कारण यहाँको जनजीवन निकै प्रभावित भएको  छ । जिल्लामा चिसो बढेसंगै जिल्ला अस्पताल बाजुरा र अन्य स्वास्थ्यसंस्थाहरुमा समेत विरामी बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।  हिमपातले चिसो बढाएकाले वृद्धवृद्धा बालबालिका र दिर्घ रोगीहरुको स्वास्थ्य सस्थामा बढ्न थालेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।
 
हिमपात भएसंगै चिसो बढेकाले बालबालिकाहरु वृद्धवृद्धा लगायतका विरामी र अन्य सर्वसाधारणले चिसोबाट बच्न न्यानो कपडा लगाउने र तातो पानी प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।

हिमपात भएपछि जिल्लाका अधिकांश विद्यालयहरु बन्द हुने भएका छन् । भारी हिमपातका कारण जिल्लाका ९ वटै स्थानीय तहका सामुदायिक र निजी क्षेत्रका विद्यालयको पढाई बन्द भएका छन् । गाउँ भन्दा टाढा विद्यालय भएका कारण विद्यार्थीलाई वर्षासंगै हिमपात भएपछि विद्यार्थीहरु विद्यालय आउन नसक्ने भएपछि विद्यालय बन्द गर्नु परेको भानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक मनवीर खातीले बताए । उनले भारी वर्षासंगै हिउँ पर्न थालेपछि पठनपाठनमा अवरोध भएको बताए ।
 
हिमाली गाउँपालिकाको विच्छ्या र रुगिनमा अत्याधिक हिमपात भएका कारण उक्त क्षेत्रका विद्यालय एक सातासम्म बन्द हुने हिमाली गाउँपालिकाले जनाएको छ ।

जिल्लामा हिमपात संगै वन्यजन्तु पशुपक्षीको चोरी सिकारी भने बढ्न थालेको छ । हिमाली क्षेत्रमा भएका जंगली जनावर रतुवा,मृत घोरल जस्ता पशुपक्षीहरु चिसोका कारण गाउँमा आउने भएकाले चोरी सिकारी बढ्न थालेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । वन्यजन्तुको चोरी सिकारी उत्तरी भेगको हिमाली,स्वामीकार्तिक,जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकामा समेत वन्यजन्तुको चोरी सिकारी तथा निकासी हुने गरेको छ ।

यसैगरी त्रिवेणी,बडीमालिका,बुढीगंगा नगरपालिका,खप्तडछेडेदह गाउँपालिका र गौमुल गाउँपालिकामा पनि वन्यजन्तुको चोरी  सिकारी हुदै आएको छ ।  वन्यजन्तुको चोरी सिकारीका कारण वन्यजन्तु समेत लोप हुदलै गएका छन् । वनहरुबाट चिसोका कारण वन्यजन्तु गाउँतिर झर्न थालेपछि स्थानीयहरु हातहतियार मार्ने गरेका छन् । डिभिजन वन कार्यालय प्रमुख भीम प्रसाद कडेँलले वन्यजन्तु संरक्षण गर्न सबैले लाग्नुपर्ने बताए ।
 
वन्यजन्तु चोरी सिकारी नगर्न स्थानीयहरुलाई आग्रह गर्नु भएको छ । चोरी सिकारी नगर्न विभिन्न संचार माध्यमहरुमा प्रचार प्रसार गर्ने डिभिजन प्रमुख कडलेको भनाई रहेको छ ।

बडीमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाको सिमानामा रहेको पोरखे लेकमा समेत हिम जमेका कारण कोल्टी क्षेत्रमा सञ्चालन हुदै आएका जीप र समामान ढुवानीका लागि प्रमयोग हुदै आएका ट्याक्टर समेत बन्द भएका छन् ।
 
हिमपातका कारण जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएपनि कृषकहरुलाई भने राहत पुगेको बताइएको छ । लामो समय देखि पानी नपरेका कारण किसानहरु चैतमा खेती लगाउन समेत नपाउने निराशा भने हटेको बुढीगगा नगरपालिका–३ का कृषक अमृत देउवाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ