arrow

प्रशासनिक कार्यालय र आकर्षक अड्डामा कम्युनिष्टको दबदवा

कांग्रेस शून्य

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
home-ministry-nepal.jpg

काठमाडौं । दुई तिहाईको कम्युनिष्ट सरकारको सबैभन्दा ठूलो मार निजामती सेवामा परेको छ ।  यतीखेर निजामती सेवामा कम्युनिष्टको छायाँ यसरी परेको छ कि, काठमाडौं लगायतका देशभरका प्रशासनिक कार्यालय र आकर्षक तथा कमाउ अड्डाहरुमा कांग्रेस निकट कर्मचारीहरु शुन्य छन् । त्यस्ता कार्यालयहरुमा कांग्रेस निकट कर्मचारी हटाउने र कम्युनिष्ट निकट कर्मचारी भित्रयाउने अभियान नै शुरु गरिएको छ ।

यतीखेर प्रशासनिक र कमाउ अड्डाहरुमा छानी छानी कम्युनिष्ट निकट कर्मचारीहरु राख्ने गरिएको छ । अहिले ७७ वटै जिल्लामा जिल्ला प्रशासन अधिकारी कम्युनिष्ट निकट राखिएको छ । यसअघि काठमाडौं बाहिरका ४-५ जिल्लामा रहेका कांग्रेस निकट जिल्ला प्रशासन अधिकारीलाई  पनि मन्त्रालयमा तानिएको छ र उनीहरुको ठाउमा कम्युनिष्ट निकट कर्मचारी राखिएको छ । दुई महिना अघि  गृहले एकै पटक करिव ५० कर्मचारीको सरुवा गरेको थियो । त्यसरी सरुवा भइ काठमाडौ बाहिर जानेहरुमा अधिकांश कांग्रेस निकट कर्मचारी थिए ।

अहिले गृहमन्त्रालयका महत्वपुर्ण जिम्मेवारीहरुमा पनि कम्युनिष्ट कर्मचारीहरुलाई राखिएको छ ।  काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारी रामप्रसाद शर्मा र ललितपु्र जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशी पनि कम्युनिष्ट निकट मानिन्छन् । यसैगरी भक्तपुर, कास्की, मोरङ, झापा, दाङ, सुनसरी,रुपन्देही लगायतका ठूला जिल्लाहरुमा पनि छानीछानी कम्युनिष्ट निकट प्रमख जिल्ला अधिकारी ल्याइएको छ ।

यसैगरी  राजस्व अनुसन्धानका विभागका प्रमुख दिर्घराज मैनाली तथा आन्तरिक राजस्व विभागका महानिर्देशक वीष्णुप्रासद नेपाल कम्युनिष्ट निकट हुन । देशभर खोलिएका  कर कार्यालयहरु आन्तरिक राजस्वको माहतहतमा पर्छन । यसैगरी भन्सार विभागका प्रमुख तोयम राय, यातायात विभागका महानिर्देशक लावन्यकुमार ढकाला,सम्पत्ति सुद्धिकरण विभागका प्रमुख जीवन प्रकाश सिटौला, बैदेशिक रोजगार विभागका प्रमुख दिलिप चापागाई, भूमि व्यवस्था तथा अभिलेख विभाग (तत्कालिन मालपोत विभाग) का प्रमुख गोकर्णमनि दवाडी, नापी विभागका प्रमुख गणेश भट्ट समेत कम्युनिष्ट निकट मानिन्छन् । स्रोतले भन्यो, ‘यसअघि सम्म पहुँचको भरमा भन्दा पनि आर्थिक लेनदनको आधारमा सरुवा हुने सडक र यातायातमा  समेत अहिले राजनीतिक आस्थाको आधारमा सरुवा गर्न थालिएको छ ।’

श्रम मन्त्री गोकर्ण विष्ट र भुमि व्यवस्था मन्त्री पद्मा अर्यालले राजनीतिक आस्थाका आधारमा आफ्ना मन्त्रालयमा रहेका कांग्रेस निकट कर्मचारीलाई अन्यत्र सरुवा गर्न सामान्यलाई अह्राएको स्रोतको भनाइ छ । स्रोतले भन्यो ,‘बाहिर जतिसुकै आर्दशबादी कुरा गर्ने श्रम मन्त्री भित्र भित्रै भने राजनीतिक आस्थाको आधारमा आफूलाई मन नपरेका र कांग्रेस निकट  कर्मचारीको सरुवा गर्न सामान्य मन्त्राललाई  सूचि पठाएका छन् ।’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री कार्यालय, गृहमन्त्राय, अर्थ मन्त्रालयमा जस्ता कार्यालयहरुमा पनि माथिल्लो तहका कर्मचारी कम्युनिष्ट निकट कर्मचारीलाई छानी छानी ल्याइएको छ ।

प्रधानमन्त्री कार्यालयमा कांग्रेस निकट कर्मचारी दुइ चार जना मात्र छन, भएकाहरुलाई कम जिम्मेवारी भएको ठाउँमा राखिएको छ । कर्मचारीको सरुवा, तथा प्रशासनिक काुननको मस्यौदा तयार गर्ने काममा पनि कम्युनिष्ट निकट कर्मचारीलाई राखिने गरिएको छ । कर्मचारी समायोजनमा कम्युनिष्ट निकट दिनेश थपलिया हावी छन् ।

समायोजन फारामको सूचना निकाल्नु अघिसम्म सामान्य प्रशासन मन्त्रालयले कांग्रेस निकट कर्मचारीलाई काठमाडौं बाहिर सरुवा गर्ने गरेको थियो । त्यसरी गर्ने सरुवामा पनि छानि छानि कांग्रेस निकट कर्मचारीलाई सकेसम्म सिंहदरबार बाहिर राख्ने र कम्युनिष्ट निकट कर्मचारीलाई सिंहदरबारमा भित्रयाउने अभियान शुूरु गरिएको छ । सरकार अहिले कर्मचारीको समायोजन गर्ने काममा लागेको छ । यसमा पनि  राजनीतिक आस्थाको आधारमा भेदभाव हुन सक्ने सम्भावना रहेको  स्रोतले बतायो ।

 कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ)का उपाध्यक्ष उत्तम कटुवालले क्षमताको आधारमा भन्दा पनि राजनीतिक आस्थाको आधारमा कर्मचारीको सरुवा गर्ने गरिएको भन्दै यस्तो प्रवित्तिको अन्तय हुनु पर्ने बताउछन् । उनी भन्छन, ‘यसअघिका सरकारहरुले यस्तो गर्दैनथे  । तर अहिले क्षमताको आधारमा भन्दा पनि राजनीतिक आस्थाको आधारमा कर्मचारीको सरुवा गर्ने गर्ने गरिएको छ । जुन राम्रो चलन होइन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ