arrow

चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठलाई पक्राउ गर्न प्रहरी परिचालन, फोनमा दिइयो धम्की

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
muktiram-shrestha1.jpeg

काठमाडौं । सरकारविरुद्ध ७२ घण्टे अल्टिमेटम दिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठलाई पक्राउ गर्ने प्रहरीले चेतावनी दिएको छ । 

प्रहरी प्रभाग महाराजगञ्जबाट प्रहरीले फोन गरेर डा श्रेष्ठलाई पक्राउ गर्ने धम्की दिइएको हो । 

नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गरी डा गोविन्द केसीका माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम आइतबार दिउँसो सकिँदैछ । 

संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भइसकेको अवस्थामा सरकारले अहिलेसम्म डा केसीका माग सम्वोधन गर्नुभन्दा पनि अनसन तोडाउने पहलसमेत गर्न सकेको छैन । 

दिउँसो १ बजे अनसनस्थल शिक्षण अस्पताल महाराजगञ्जमा कार्यक्रम गरी आन्दोलनलाई सशक्त बनाउने संघको योजनामाथि हस्तक्षेप गर्न सरकारले प्रहरी परिचालन गरेको बुझिएको छ । 

महाराजगञ्जमा आइतबार बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति रहेको छ । टेलिभिजनहरुमा आक्रामक अन्तर्वार्ता दिएपछि डा श्रेष्ठलाई पक्राउ नै गर्न सरकारले आदेश दिएको बुझिएको छ । 

संघले अस्पतालमा सेवा नै ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम ल्याउन सक्ने बुझिएको छ । सरकारले भने डा केसीका सबै माग पूरा भएको जनाउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ