arrow

प्रधानमन्त्रीको आशिर्वाद पाएपछि वन मन्त्रालयमा अर्का ओलीको हर्कत

logo
प्रकाशित २०७५ माघ १२ शनिबार
oli-bandhu.jpg

काठमाडौ । केही महिना अघि ओली समाजले प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान गर्‍यो । प्रधानमन्त्रीलाई सम्मान गर्ने विश्वनाथ ओली अहिले वन मन्त्रालयको उच्च प्रशासनिक नेतृत्वमा छन् । अर्थात वन मन्त्रालयका सचिव छन्।

वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले अहिले आफूलाई यसरी शक्तिशाली देखाउने गरेका छन् कि, सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवालाई  समेत उल्लघंन गर्दै विगत लामो समयदेखि आफू निकट कर्मचारीलाई वनमै राखेका छन् ।  अघिल्लो वर्ष  जेनेभा  गएको बेला उनलाई तत्कालिन शेरबहादुर देउवा सरकारले २४ घण्टा भित्र स्वदेश फर्कि पशु मन्त्रालयमा हाजिरी हुन निर्देशन दिएको थियो । सरकारको निर्देशनपछि जेनेभाको कार्यक्रम छाडी उनी पशुमन्त्रालयमा हाजिरी हुन आएका थिए ।  तर ओली प्रधानमन्त्री भएपछि उनका दिन फेरिएका छन् । अहिले वन मन्त्रालयमा उनको राज चल्न थालेको छ ।

समान्यता दुई-दुई वर्षमा सरुवा हुनु पर्ने निजामती सेवा ऐनमा व्यवस्था गरिएको छ तर यस्तो व्यवस्थालाई विश्वनाथलार्ई छुँदैन ।  न कि, त्यहाँ लामो समयदेखि काम गरीरहेका करिव एक दर्जन कर्मचारीलाई छोएको छ । वन मन्त्रालयका केही कर्मचारी यस्ता छन, ती कर्मचारी विगत २५ वर्षदेखि एउटै शाखा र एउटै कार्यालयमा काम गर्दै आएका छन् । त्यस्ता कर्मचारीलाई  सामान्यले पटक पटक सरुवा गर्ने गर्छ । तर वन सचिव र केही सहसचिवहरुले भने रमाना नदिइ आफनै मन्त्रालयमा राख्ने गरेका छन् ।
 
वन मन्त्रालयको स्टोर शाखामा कार्यरत नायबसुब्बा विश्व काफ्ले यती शक्तिशाली छन् कि उनी विगत १८ वर्ष देखि वनको स्टोरमै बसीरहेका छन् । उनलाई सामान्य मन्त्रालयले पछिल्लो पटक गत साउन २४ मा राष्ट्रपति कार्यालयमा सरूवा गरेका थियो । समान्यले गरेको सरुवालाई अस्विकार गर्दै वनका सचिवले उनलाई रमाना दिएनन् । काफ्लेले भने आफूलाई वनका सविच र सहसचिवहरुले माना नदिएकोले स्टोरमै बस्नु परेको बताउदै आएका छन् । स्रोतक अनुसार स्टोरमै बसेर उनले सचिव र वन मन्त्रालयका केही सहसचिवलाई खुशी बनाउने गरेका छन् । त्यसैले पनि वनका सचिव र केही सहसचिवले उनलाई सधैंभर स्टोरमै राख्न चाहन्छन्,—स्रोतले भन्यो । यसअघि पनि उनलाई समान्यले चार पटकसम्म सरुवा गरेको थियो तर पनि उनी वन बाहिर जानु परेको छैन ।

वन मन्त्रालयमा कार्यरत शाखा अधिकृत अञ्जनी राजवशी पनि विगत ३० वर्षदेखि वन मन्त्रालयमै छिन् ।  २०५१ मा जागिरीमा प्रवेश गरेपछि उनी वन मन्त्रालयमा आइन् । त्यसेखि अहिलेसम्म उनी वन मन्त्रालय बाहिर जानु परेको छैन । वनको एउटा शाखाबाट अर्को शाखामा उनी आउने जाने  गर्छिन तर सिंहदरबार बाहिर भने उनी टेक्नु परेको छैन । यसैगरी वन मन्त्रालयका नायबसुब्बा रत्नलाल श्रेष्ठ वन मन्त्रालयमा कार्यरत रहेको २९ वर्ष पुरा भएको छ तर उनलाई पनि सिंहदरबार बाहिर जानु परेको छैन । हाल उनी वन मन्त्रालयको योजना शाखामा कार्यरत छन् ।

यसैगरी मन्त्रालयका अर्का कर्मचारी सागर श्रेष्ठ विगत १७ वर्षदेखि मन्त्रालयमै कार्यरत छन् । समान्य प्रशासन मन्त्रालयका एक सहसचिवले भने मन्त्रालयले सरुवा गरेको कर्मचारीलाई सम्बन्धित मन्त्रालयले रमाना दिनै पर्ने बताउछन् । उनी भन्छन,‘समान्यले सरुवा गरीसके पछि सम्बन्धित मन्त्रालयले रमाना दिनै पर्छ । रमाना दिएन भने त्यो कानुनको ठाडो उल्लघंन हो ।’ विदेश भ्रमणमा पनि वन मन्त्रालयका कर्मचारी सबै भन्दा अगाडि नै छन् । वन मन्त्रालयमा कार्यरत कर्मचारीहरूले चालु आर्थिक वर्षको चार महिनामा २ सय ८२ दिन विदेश भ्रमण गरेर विताएका छन् ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले केही दिन अघि सार्वजनिक गरेको प्रतिबेदनमा पछिल्लो चार महिनामा वन मन्त्रालयका ९९ कर्मचारीहरूले विदेश भ्रमण गरेको रेकर्ड जनाइएको छ । ती कर्मचारीहरूले अध्ययन, तालिम र बैठकको नामा विभिन्न देश भ्रमण गरेको रकर्डमा जनाइएको छ ।  यस अवधिमा वनका कर्मचारीहरुले भारत, कोरिया, इटाली,इजिप्ट लगायतका देशहरूको भ्रमण गरेको प्रधानमन्त्री कार्यालयले तयार गरेको रिपोर्टमा जनाइएको छ ।

विदेश भ्रमणमा पनि सचिव ओली र सहसचिव सिन्धु ढुगाँनाको मनोनमानी चल्ने गरेको वनका एक कर्मचारी बताउछन् ।  ती कर्मचारी भन्छन, विश्वनाथ ओली वनमा यती शक्तिशाली छन कि, उनले वन मन्त्री शक्ति बस्नेतलाई समेत टेर्न छाडेका छन् ।’ केपी ओलीसँग उनको सोझो पहुँच रहेकोले वनका हरेक निर्णयमा राजनीतिक स्वास्र्थ लुक्ने गरेको छ,—स्रोतले भन्यो,‘त्यही कारण अहिले वन मन्त्री र बन सचिववीचको सम्बन्धमा खटपट आउन थालेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ