arrow

आरआर क्याम्पस अगाडि सरकारी गाडिमा तोडफोड, दुई विद्यार्थी नियन्त्रणमा

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
rr-campus.jpg

काठमाडौं । डा गोविन्द केसीको जीवन रक्षा र प्रतिनिधि सभालेले पारित गरेको चिकित्सा शिक्षा विधेयकको विरोधमा गरिएको प्रदर्शनका क्रममा वानेश्वरमा भएको प्रहरी दमनको विरोधमा नेविसंघका कार्यकर्ताले आरआर क्याम्पस अगाडि एक सरकारी गाडि तोडफोड गरेका छन् । आरआर क्याम्पस र नेपाल ल क्याम्पसका विद्यार्थीहरुले लालटीन जुलुसको तयारी गरिरहँदा प्रहरीले हस्तक्षेप गरेपछि आङ्क्रोशित समुहले सोहि रुटमा आएको एक सरकारी गाडीमा तोडफोड गरेका थिए 

तोडफोड लगतै नेता दुर्गा कापडी, सम्झना खत्री, विजय अनुराग शाह, सुनिल शर्मा लगायत २० जनालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले उनिहरुलाई प्रहरी प्रभाग सिंहदरबारमा राखेको छ ।   

नेविसंघले आज देशका विभिन्न भागमा सरकार विरोधि प्रदर्शन गरेको छ । राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि पनि नेविसंघले प्रदर्शन गरेको छ ।  यसअघि आजै डा गोबिन्द केसीको जीवन रक्षा तथा संसदबाट पारित चिकित्सा शिक्षा बिधेयकको बिरोधमा नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपमा केहि विद्यार्थी घाइते भएका छन् । नेविसंघ महामन्त्री कपिलेश्वर यादव केन्द्रीय सदस्य कल्पना खड्का लगायत दर्जनौ विद्यार्थी घाइते भएका हुन् ।

महामन्त्री यादवको टाउकोमा चोट लागि वानेश्वरस्थित एभरेष्ट नर्सिङ होममा उपचार भएको छ । कल्पना खड्का खुट्टामा लागेको चोटको उपचारपछि घर फर्किएकी छन् ।

सरकार अधिनायकवादी शैलीमा चलेको आरोप लगाउँदै आइतबार नेपाली कांग्रेस भ्रातृ संगठनहरुले गरेको संयुक्त प्रर्दशन वानेश्वरमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । नेपाल महिला संघको संयोजनामा कांग्रेसका भ्रातृसंगठनहरु नेविसंघ र तरुण दल समेत संयुक्त प्रर्दशनमा सहभागि थिए । प्रदर्शनबाट प्रहरीले १५ जना नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरेको नेविसंघ अध्यक्ष नैनसिह महरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ