arrow

निर्मला पन्तबारे मानवअधिकार आयोगको प्रतिवेदनले झन् उब्जायो सरकारप्रति शंका [प्रतिवेदनको पूर्णपाठसहित]

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
nirmala.JPG

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको विज्ञसहितको टोलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा प्रतिवेदन पेश गरेको छ । 

सरकारलाई पेश गरेको १५ पृष्ठको प्रतिवेदनमा सरकारले गठन गरेका विभिन्न छानविन समिति र प्रहरीको अनुसन्धानमै शंका उब्जिएको छ । 

मृतक पन्तको शरीरबाट डिएनए परीक्षणका लागि लगिएको ‘भेजाइनल स्वाब’ लगायतका नमूनाहरु सङ्कलन गर्दा सिन्कोमा बेरिएको कपासबाट नमूना सङ्कलन गरिएको देखिँदा सङ्कलन प्रक्रिया दोषमुक्त नदेखिएको उल्लेख छ ।

 प्रहरीले अनुसन्धान गर्दा घटनाप्रति संवेदनशील नभएको प्रतिवेदनमा उल्लेख छ । 

गत साउन १० गते बलात्कारपश्चात् हत्या गरिएकी पन्तको घटना सम्बन्धमा आयोगद्वारा कात्तिक २७ गते विज्ञसहितको अनुसन्धान टोली गठन गरेको थियो । पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा गठित अनुसन्धान समितिमा पूर्वनायब प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा सदस्य थिए ।

यस्तो छ पूर्णपाठ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ