धर्म परिबर्तनको डढेलोले धार्मिक द्वन्दको खतराः कमल थापा 

प्रकाशित मिति : २०७५ माघ १५ मंगलबार

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले लोभ,लालच, प्रलोभन दिएर र भ्रम सिर्जना गराएर धर्म परिबर्तन भइ रहेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

देशब्यापी हिन्दुत्व जनजागरण अभियानको क्रममा पार्टीको काठमाडौंको नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धर्म परिबर्तनले नेपालको पहिचान संकटमा पर्ने, सदियौदेखि कायम रहेको धार्मिक सद्भाव र एकता खल्बलिने र अन्ततोगत्वा धार्मिक द्वन्द हुने तर्फ चिन्ता ब्यक्त गरे।

हिन्दु धर्मको कुरा गरेको कारण अरु धर्मलाई थिचोमिचो नहुने र आफुहरु कुनै धर्मको बिरोधि नभएको समेत स्पष्ट पारे । थापाले सबै धर्म बिच समानता र स्वतन्त्रताको पक्षमा रहेको बताए । हिन्दु राष्ट्र भन्दा अन्य धर्मावलम्बी चिन्तित हुनु नपर्ने भन्दै थापाले हिन्दु राष्ट्र हुदा धर्मको आधारमा शासन गर्ने कानुन बनाउने कुरा नभएको स्पष्ट पार्दै थापाले मुलुकको पहिचान र अस्तित्वको निमित्त यो मुद्दा उठाएको बताए ।

कुनै पनि धर्म शास्त्रले जन्म र जातको आधारमा छुवाछूत र भेदभाव नगरेको भन्दै थापाले कुरुती, अन्धबिश्वास र कमिकमजोरिलाई सुधार्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपाका नेताहरु बिक्रम बहादुर थापा, महेश रिमाल, मधुसुदन खनाल, धार्मिक ब्यक्तित्व दिनेश खनाल र आचार्य सुजन पराजुली, दिनेश अधिकारी लगायतले बोलेका थिए।

नयाँ