विराटनगर । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीका तीनै जना शीर्षस्थ नेताले पार्टीमा अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने धारणा प्रकट गरेकी छन् ।
विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टीलाई नयाँ सोच र गतिका साथ अगाडि बढाउनाका लागि आगामी महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी दिनुपर्नेमा जोड दिईन ।
‘नेपाली काँग्रेसले प्रधानमन्त्रीमा उम्मेद्वारी दिनुहुँदैन थियो ’ एक प्रश्नको जवाफमा उनले भनिन्, ‘तराईको समस्याको समाधानका साथै मुलुकलाई विकासको गतिमा अगाडि बढाउन लागि एमालेसँगको गठबन्धन तोड्नु ठूलो भूल भएको हो ।’
सञ्चारकर्मीको जिज्ञासामा उनले भारतले नाकाबन्दी गरेको बताउँदै यसलाई मधेसकेन्द्रित दलले सघाइरहेको प्रस्ट पारिन् । राष्ट्रियतालाई ख्याल गरी भारतसँग सम्बन्ध सुधार गर्नुपर्ने विषयमा जोड दिँदै उनले भारत र चीनसँग पनि सम्बन्ध राम्रो राख्नु पर्ने बताईन् ।
नेत्री कोइरालाले मधेसमा जनाधार गुमाइसकेका मधेसकेन्द्रित दलका पाँच नेताले मधेसको नाममा फाइदा उठाइरहेको आरोप समेत लगाईन् ।