arrow

अन्तिम सास रहेसम्म विधेयक नमान्ने केसीको दृढता, अभियान्ताहरुले अनसन फिर्ता लिन गरे आग्रह

साँझ ७ बजे डा गोविन्द केसीको पत्रकार सम्मेलन हुँदै

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
dr-govinda-kc-tuth-15thfast.jpg

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट समेत पारित भईसकेको चिकित्सा शिक्षा विधेयकको विरुद्धमा आन्दोलनमा रहेका डा. गोविन्द केसीले आफ्नो अन्तिम सासर रहेसम्म विधेयक नमान्ने दृढता व्यक्त गरेका छन् । उनको स्वास्थ्य अवस्था नाजुक भईसकेको भन्दै अनसन फिर्ता लिन गरेको नागरिक अभियान्ताहरुको आग्रहपछि उनले यस्तो बताएको उनका सहयोगी डा. अभिषेक राज सिंहले जानकारी दिए । 

शुक्रबार नै केदारभक्त माथेमा सहितका ५ नागरिक अभियान्ताहरुले डा. गोविन्द केसीलाई भेटी अनसन फिर्ता लिन आग्रह गरेका थिए । माथेमा आयोगका अन्य सदस्यहरु प्रा डा मदन उपाध्याय, प्रा डा रमेशकान्त अधिकारी, प्रा डा अर्जुन कार्की र प्रा डा भगवान कोइरालाले संयुक्त वक्तव्य जारी गर्दै यस्तो आग्रह गरेका हुन् । 

यसैबीच साँझ ७ बजे डा गोविन्द केसीले अस्पतालमा नै पत्रकार सम्मेलन गर्ने भएका छन् ।  

उनीहरुद्वारा जारी गरिएको वक्तव्य यसप्रकार छ :–

डा गोविन्द केसी सोह्रौं सत्याग्रहमा रहनुभएको, यसैबीच संसदका दुवै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको तथा त्यसरी विधेयक पारित गर्दा चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनसँग मेल नखाने प्रावधानहरु समेत परेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।

डा केसीको सत्याग्रह आज २४ औं दिन पुगेको तथा उहाँको स्वास्थ्य अवस्था नाजुक भएको अवस्थाप्रति हामी चिन्तित छौं । 

नेपाल सरकारलाई आगामी दिनमा उक्त ऐनका प्रावधानहरु उच्चस्तरीय कार्यदलको प्रतिवेदनको मर्मअनुसार हुने गरी सुधार गर्दै जान आग्रह गर्दर्छौं । साथै चिकित्सा शिक्षा ऐनसम्बन्धी हालसम्मका उपलब्धिहरु संस्थागत गर्नका लागि डा केसीको निरन्तर सक्रियता आवश्यक भएकाले उहाँको स्वास्थ्यको रक्षार्थ सत्याग्रहको कार्यक्रममा पुनर्विचार गर्नुहुन अनुरोध गर्दर्छौं । साथै ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु हामीले नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दछौं । 

केदारभक्त माथेमा
प्रा डा मदन उपाध्याय
प्रा डा रमेशकान्त अधिकारी
प्रा डा अर्जुन कार्की
प्रा डा भगवान कोइराला



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ